spot_img
Thursday, September 19, 2024
Homeब्यानरशिक्षक महासंघले नेपालगंज नगर प्रमुख विष्ट र उपप्रमुख राईलाई बुझायो २७ बुदे...

शिक्षक महासंघले नेपालगंज नगर प्रमुख विष्ट र उपप्रमुख राईलाई बुझायो २७ बुदे माग

spot_img

नेपाल शिक्षक महासंघ नगर समिति, नेपालगञ्जले एक कार्यक्रम बीच नगर प्रमुख र उपप्रमुखलाई शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि २७ बुदेँ माग प्रस्तुत गरेको छ ।
नेपाल शिक्षक महासंघ नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई संगको स्वागत तथा परिचयात्मक कार्यक्रमको अवसरमा पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि संग सम्बन्धि विविध पक्षहरु प्रस्तुत गरिएको हो ।
शिक्षक महासंघका अध्यक्ष मनोज राजा श्रीवास्तवले नगर प्रमुख विष्ट र उपप्रमुख राईलाई माग पत्र हस्तान्त्रण गरेका थिए ।
पत्र बुझ्दै नगरप्रमुख विष्टले क्रमिक रुपमा प्रस्तुत उक्त मागहरु सम्बोधन गर्दै जाने प्रतिबद्धता गरेका छन । असार मसान्त लगत्तै नेपालगञ्ज अन्तरर्गतका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तर र त्यसको अवस्था बारे अवलोकन गरिने उनले जानकारी समेत गराए । अबको केहि समयमा शिक्षामा परिर्वतन भएको अनुभुति हुनेगरि आफुहरु अगाडि बढने प्रतिबद्ध रहेका छन । नेपालगञ्जका बिभिन्न विद्यालयमा अझै पनि भवन, खानेपानी, कक्षाकोठाको अभाव, दरबन्दी, खेलकुद सामाग्री, कम्प्युटरको समस्याहरु रहेकोले यसलाई विषेश जोड दिने र शिक्षामा सुधार ल्याउन सक्ने गरि आगामी आर्थिक वर्षको बजेट बाडफाँड गर्ने विष्टले बताए ।यस्तै, नगर उपप्रमुखले शिक्षामा सुधार र गुणस्तर बनाउन मंगलबार वृहत छलफल पश्चात नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको संयोगात्मकमा पाँच सदस्यीय समित समेत गठन भएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here