spot_img
Friday, December 5, 2025
Homeब्यानरनेपाल वायु प्रदूषणको जोखिममा

नेपाल वायु प्रदूषणको जोखिममा

spot_img

काठमाण्डौं/ विगत केहि हप्ता देखि काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरु र देशभरको वायुको गुणस्तर अत्यधिक अस्वस्थकर हुदै गईरहेको भन्दै सरकारको ध्यानाकर्षण गरिएको छ । क्लिन अफ नेपाल, बास नेपाल, नाइस नेपालगन्ज लगायत १५ ओटा सामाजिक संस्थाहरुले संयुक्त बिद्यप्ती मार्फत १२ बुदें माग सहित सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।

संस्था प्रमुखहरुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा विश्वभरीको वायु प्रदुषण मापन गर्ने World Air Quality Index (AQI) Ranking ले काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरुको वायु स्वास्थ्यको दृष्टिले अत्यधिक हानीकारक अवस्थामा पुग्दै बारम्बार विश्वको अग्रस्थानको प्रदूषित शहर बनेको रिपोर्ट सार्वजनिक गर्दा समेत ध्यान जान नसकेको जनाएको छ । अव्यवस्थित शहरीकरणसंगै बढिरहेको फोहरमैला, वन डढेलो, सवारी साधनबाट निस्कने धुवाँ, निर्माणाधिन अलपत्र सडकको धुलो, कल–कारखाना उद्योगबाट निस्कने धुवाँधुलो तिब्र वायु प्रदूषणको कारक तत्वहरु हुन् । जलवायु परिवर्तनको कारण बढिरहेको सुख्खापन र हिउँदयाममा प्रर्याप्त पानी नपर्दा गर्मियाम शुरु नहुँदै उपत्यका आसपास सहित देशभर फैलिरहेको बन डढेलोले अत्यधिक वायु प्रदूषण बढेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त संयुक्त बिज्ञप्तीमा CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल), बास नेपाल, नेपालगञ्ज, नाइस नेपालगन्ज, सोसेक नेपाल, भूमिथान नेपाल, युवालय, सामुदायिक बिकास मञ्च नेपाल, दोलखा, Green Decision Labs and Research (GD Labs), मुक्त कमलरी बिकास मञ्च, दाङ्ग, दलित बिकास समाज, सल्यान, दलित बिकास सामाजिक केन्द्र, कपिलबस्तु, Speak Up Nepal, Sustainable Environmental & Ecosystem Management Ne.

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here