नेपाल मुस्लिम संघ बाँकेको वडा भेला बुधबार बाँकेको नेपालगंजमा सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भेलाले नेपाल मुस्लिम संघ बाँकेको वडा ८ मा समिति समेत चयन गरेको छ । नेपाली कांग्रेस पार्टिको भार्त संगठनको रुपमा रहेको नेपाल मुस्लिम संघको भेलामा नेपाली कांग्रेसका नेता तथा महाधिवेसन प्रतिनिधि सुनिल नरसिंह राणा रहेका थिए । भेलालाई सम्बोधन गर्ने क्रममा कार्याक्रमका प्रमुख अतिथि नेता राणाले कांग्रेसले सधै मुस्लिम समुदायको हकहित,अधिकार र शिक्षामा पहुँच लगायतका बारेमा निर्णय तहसम्म पुगाउने काम गरेको बताए ।
नेपाली काङ्ग्रेस पार्टी संग आबद्ध रहेको भातृ संगठन नेपाल मुस्लिम संघको भेलाका प्रमुख अतिथि राणाले नेपाली काङ्ग्रेस २०४८ साल देखि नै मुस्लिम समुदायको लागि उल्लेखनीय योगदान दिदै आएको स्मरण गराए । नेपाली काङ्ग्रेस सङ मुस्लिम समुदायको बिशेष लगाव रहेको छ ,नेपालमा प्रजातान्त्र स्थापना गराउनमा मुस्लिम समुदाय योगदान रहेको उल्लेख प्रमुख अतिथि तथा कांंग्रेस नेता राणाले गरे । कार्यक्रममा बुथ सभापति निजामुदिन सिद्दीकी ९मुन्ना दाइ ०को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे । विशिष्ट अथिती पार्टीका पुर्ब सचिव हेमन्त कर्माचार्य , पार्टीका सचिब सुधान्शु कोइराला , निजामुदिन अन्सारी महाधिवेशन प्रतिनिधि ,महाधिवेशन प्रतिनिधि सुदिप राणा , भेरी अस्पताल का अध्यक्ष एवं तरुण दलका अध्यक्ष बिरेन्द्र बहादुर शाह ,अरुण शाह , युवराज शाह , लाहुराम थारु , मेराज हल्वाई , जी नुरैन मुल्तमिस ( साहिल हल्वाई ) संघ जिल्ला अध्यक्ष सुफियान खान , नेपाल मुस्लिम संघ बाँकेका सह सचिव रबीसा शर्मा हलवाइ , अकबर शेख , नगर उपसभापति धन राज बर्मा , महेन्द्र मल्ल , प्रल्हाद लखेर , बन्दना सिंह , हफिज सगिर खान , नेपाल प्रेस ईन्स्टिच्यु छेत्रीय प्रमुख मोहम्मद आरिफ अन्सारी लगाएतको उपस्थिति रहेको थियोे ।
नेपाल मुस्लिम संघको आयोजना मा नेपालगञ्ज उपमहानगर पालीका वार्ड नं ८ मा नेपाल मुस्लिम संघको वडा भेला सम्पन्न गरी नेपालगञ्ज वार्ड ८ निवासी मो हनिफ शेष को अध्यक्षता मा १७ जना को समूह गठन गरीएको हो ।