spot_img
Friday, December 5, 2025
Homeबजारनेपाल फार्मेसी संघ बाँकेमा अभिनाष गुप्ता

नेपाल फार्मेसी संघ बाँकेमा अभिनाष गुप्ता

spot_img

नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेको नयाँ नेतृत्व चयन भएको छ । नेपालगन्जमा शनिवार आयोजना गरिएको तेस्रो अधिवेशन तथा सातौं साधारणसभाले अभिनाष गुप्ताको अध्यक्षतामा २३ सदस्सीय नेपाल फार्मेसी संघको जिल्ला कार्यसमिति चयन गरेको हो । गुप्ता दुई वर्षीय कार्यकालका लागि चयन भएका हुन् ।

संघको उपाध्यक्षमा नियाज अलि इद्रिसी, मोहनजंग डागर र प्रमिला थापा मगर चयन भएका छन् । त्यसैगरी महासचिवमा लेखनाथ शर्मा, सचिवमा दिनेश नेपाली र बादल बाबु शर्मा, कोषाध्यक्षमा सन्तोष गौतम र सह–कोषाध्यक्षमा विकास गुप्ता लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

यसअघि उद्घाटन सत्र संघका अध्यक्ष सुरेन्द्रकुमार डफगरको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यता तथा औंषधि व्यवस्था विभागका शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठको विशिष्ठि आतिथ्यतामा भएको नवनिर्वाचित सचिव दिनेश नेपालीले जानकारी दिए ।

संघका अध्यक्ष भुसालले फर्मासिस्टहरुलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । उनले फार्मेसी व्यवसायको उन्नति र विकासमा फर्मासिस्टहरुको भूमिकालाई राज्यले नजरअन्दाज गर्न नहुने उल्लेख गरे ।

यस्तै औंषधि व्यवस्था विभागका शाखा कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले औषधि व्यवसायीहरुले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे समस्या नहुने बताइन् । उनले औषधि व्यवसायीहरुलाई नीति नियममा चलेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइन् ।

कार्यक्रममा नेपाल फार्मेसी संघका लुम्विनी प्रदेश अध्यक्ष हेमराज सुवेदी, महासचिव उदय खत्री, संघका पूर्व केन्द्रीय सदस्य दिनेश विष्ट लगायतको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here