spot_img
Saturday, December 13, 2025
Homeबजारनेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

spot_img

नविन कांग्रेस बनाउने अठोटका साथ नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ ।पार्टि सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए । महामन्त्री शर्माले नेपाली कांग्रेसले भावना पुरानो र नविन संभावना बोकेको कांग्रेसको रुपमा अगाडि लैजाने बताए । पछिल्लो समय नेपाली नागरीकमा नैरासियता भन्दा पनि असन्तुष्ट बढ्दै गएको अवस्थामा ने्पाली कांग्रेसले आफ्ना विचारहरुलाई नागरीकको समस्या समाधान गर्ने गरी लैजानका लागि कार्यक्रम बनाएर अगाडि बढ्ने बताए ।नेपाली कांग्रेस पुरानो दलको रुपमा रहेको हुदाँ नयाँ घर बनाए जस्तो सहज र सरल नभएको बताउँदै पुरानो घरलाई व्यवस्थित बनाउने हो त्यसका लागि नयाँ ढंगले काम गर्दै आएका बताएका थिए । त्यसै गरी नेपाली कांग्रेसका सहमाहामन्त्री तथा कार्याक्रमका विशिष्ट अतिथि किशोर सिंह राठौरले बांँके कांग्रेसको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जिल्ला सम्मेलनलाई उत्सवको रुपमा लिनु पर्ने बताए । सहमहामन्त्री तथा कांग्रेसी नेता राठौरले नेपाली कांग्रेसमा एकले अर्काेलाई रिस गर्ने प्रवृति रहेको हुदाँ लोकतान्त्रिक अभ्यासमा आउन सबैलाई अनुरोध गरेका थिए । लोकतान्त्रिक प्रवृति भएका मात्रै कांग्रेसी हुन सक्ने धारणा राख्दै नेता राठौरले सबैलाई प्रतिस्पर्धामा आउन र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबैलाई आग्रह समेत गरेका थिए ।नेपाली काग्रेस बाँकेका पार्टि सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा पार्टि सभापति गौडेलले नेपाली कांग्रेस जिल्लाको निति तथा कार्यक्रमका बारेमा आफ्नो प्रस्तुतिकरण राखेको थिए । सोही क्रममा पार्टि सभापति गौडेलले जिल्लामा निर्माणाधिन सुशील कोइराला स्मृति भवन सम्पन्न गर्ने ,दिवसीय कार्यक्रम ,सम्मेलन एवं सामाजिक तथा विकास निर्माणका कार्यक्रमका बारेमा बताए थिए । यसैगरी कार्यक्रममा कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले सम्मेलनमा पार्टिको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सचिव कोइरालाले नयाँ पुस्ताका लागि खुला र प्रेरणादायी पाठशालाको रुपमा रहेको कांग्रेस पार्टि वर्तमान अभिभारा र दायित्वहरुको सम्पादनका खातिर सदाझै अहिले नि अग्रमोर्चा मै रहेको बताएका थिए ।यसैगरी सम्मेलनमा आर्थिक प्रतिवेदनका बारेमा जिल्लाका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आफ्रनो प्रस्तुतीकरण राखेका थिए ।सम्मेलनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य दिपक राज गिरी,सन्जय गौतम,डा.गोपाल दहित,मैकुलाल वाल्मीकी,लुम्बिनी प्रदेश नेपाली कांग्रेसका अध्यक्ष अमर पुन,तरुण दल केन्द्रिय अध्यक्ष विद्धान गुरुङ,महासमिति सदस्य लक्ष्मी नारायण शाह,कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य,डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी,राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल,बैजनाथ गाउँपालिका अध्यक्ष छब्बन खा,नेपाली कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति रमेश गुप्ता,नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु,नेपाली कांग्रेस जिल्ला सदस्य उमा थापा मगर लगायतले सम्बोधन गरेका थिए । नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले संचालन गरेको कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस सास्कृति संघको तर्फबाट नृत्य प्रस्तुत गरीएको थियो भने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । सम्मेलन बिचमा नेपाली कांग्रेस बाँके र नेपाल प्रेस युनियन बाँके शाखाले नयाँ वर्षको भित्तेपात्रो समेत विमोचन गरीएको थियो .

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here