spot_img
Friday, September 20, 2024
Homeब्यानरनेपाली कांग्रेस नेपालगज उपमहानगरपालिका -१३ को बृहत भेला

नेपाली कांग्रेस नेपालगज उपमहानगरपालिका -१३ को बृहत भेला

spot_img

नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं. १३ ले आज नेता कार्यकर्ताको उपस्थितमा बृहत भेला सम्पन्न गरेको छ ।
आउने बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय निति अनुरूप ूघर(घर जाऔ, कांग्रेस जिताऔू अभियान अन्तर्गत सकृयताका साथ औपचारिक कार्यक्रम सम्पन्न गरेकाछन ।
कार्यक्रममा बक्ताहरुमा बाँके तरुण दलका अध्यक्ष बिरेन्द्र बहादुर शाह, नेका।नगर सभापति प्रशान्त बिष्ट, नगर उप(सभापति कमाल अन्सारी, जिल्ला खटिएका प्रतिनिधि प्रकाश शाही, प्रकाश जङ्ग राणा, राकेश श्रीवास्तव, संगिता चौहानले आउदो स्थानीय निर्वाचन नेपाली कांग्रेस संगठन बिस्तार र वडाको बिकास निर्माण योगदान, प्रत्यक्ष जन सरोकार बिषयमा नेपाली कांग्रेस १३ नम्बर वडाको बर्तमान जन प्रतिनिधिहरूको कार्य प्रगति सहितको उपलब्धी माथि प्रकाशपारेका थिए ।
नेपाली कांग्रेस बिधान अनुसार पार्टी संगठनलाई सशक्त सबल र जनमुखी बनाउन वडामा टोल समिति बिस्तार गर्ने निर्णय गर्दै । केही दलबाट एमसिसि लाई लिएर भ्रम सिर्जना खेती गरिरहेकालाई कडा प्रतिवाद सहित “घर–घर जाऔ कांग्रेस जिताऔ ”अभियान माथि प्रकाश पारिएको थियो ।


कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस वडा नम्बर १३ का सभापति शालिक राम शाहले गर्नु भएको थियो भने स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि ओम प्रकाश चौहानले गरेका थिए ।नेता कार्यकर्ताको बाक्लो उपस्थितू शिक्षक संघका अध्यक्ष बिरेन्द्र यादव, नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष एंव केन्द्रीय पार्षद कुन्तलराज शर्मा, तरुण दल नगर अध्यक्ष संदिप जङ्ग शाह, वडा सदस्य सत्य नारायण यादव, पुष्पा भट्टराई, दिनकर भट्टराई, भुषण शाह, अनन्त नाथ भट्टराई, ध्रुब सिंह चौहान, नरेश यादव, निर्मला कुमारी धोबी लगायत सयौ सकृय सदस्य र साधारण सदस्य को उपस्थित थियो । भने कार्यक्रमलाई संचालन अरुण बिक्रम शाहले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here