spot_img
Monday, September 16, 2024
Homeब्यानरनेपाली कांग्रेस नेपालगंज–४ घरदैलोमा व्यस्त

नेपाली कांग्रेस नेपालगंज–४ घरदैलोमा व्यस्त

spot_img

नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले घरदैलो कार्यक्रममा व्यस्त रहेको छ । विहिबार नेपालगंज वडा नम्बर ४ मा उम्मेद्धार सहित घरदैलो कार्यक्रम सुरु गरेको हो । नेपालगंज ५ का अध्यक्ष पदकमा उम्मेदवार प्रदिप शाह,वडा सदस्यहरु अस्मिता शाह महतरा,उत्तम सिहं सिजापती,मो.सलिम हलवाई र सुशीला कोरी संयुक्त रुपमा घरदैलो अभियान गरेको हुन । नेपालगंज ४ को फुलबारी टोल लगायतमा उनीहरुले घरदैलो गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउने आग्रह गरे । नेपालगंज ४ को विकास र समृद्धिका लागि नेपाली कांग्रेसको जीत आश्वयक रहेका बताउँदै आफुहरुलाई जिताउन वडा अध्यक्ष शाहले आग्रह गरे ।
उनीहरुले आफुहरुलाई विजय बनाए ,जनताको मालिक भन्दा पनि सेवक भएर काम गर्ने जनतासंगको प्रतिवद्धतामा व्यक्त गरे । वडा अध्यक्ष शाहले सडक,खानेपानी लगायत विकासका पुर्वाधार लगायतका मानव विकासमा समेत आफुहरुको योजना भएको हुदाँ योजना पुरा गर्नका निम्ति पनि आफुहरुको विजय अनिवार्य भएको बताए ।नेपालगंज ४ का हरेक टोललाई समान रुपमा विकास गर्नका लागि नेपाली कांग्रेसको विजय अनिवार्य रहेको बताए ।वडा सदस्य उम्मेदवार अस्मिता शाह महतराले नेपालगंज -४ लाई सांस्कृतिक,धार्मिक पर्यटनका रुपमा विकास गर्नका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताइन ।यसैगरी अर्का सदस्य उत्तम सिंह सिजापतीले नेपालगंज -४ को मात्रै नभएर नेपालकै विकास र समृद्धिको योजना नेपाली कांग्रेस संग भएको र नेपाली कांग्रेस नै जनताको पार्टि भएको हुदा नेपालगंजका सबै वडाहरुलाई सुविधा सम्पन्न बनाउने भिजन र योजना भएको बताए । सदस्य सिजापतीले बृद्धबृद्धा,महिलालाई सम्मान गर्ने र बालबालिका,युवा युवतीहरुसंग सहकार्य गर्दै समातामुलकका समाज निर्माण गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दावी समेत गरेका छन ।घरदैलो कार्यक्रममा पुगेका वडा अध्यक्ष तथा सदस्यहरुलाई स्थानियहरुले स्वागत समेत गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here