spot_img
Friday, October 18, 2024
HomeUncategorizedनेपाली कांगे्रस क्षेत्र नम्बर–२ बाँके द्धारा सहमहामन्त्री राठोर लगायतलाई सम्मान

नेपाली कांगे्रस क्षेत्र नम्बर–२ बाँके द्धारा सहमहामन्त्री राठोर लगायतलाई सम्मान

spot_img

बाँके नेपाली काग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं.२ ले १४ औ महाधिवेशनबाट बाँके तथा बर्दियाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम बुधबार बाँकेको नेपालगंजमा सम्पन्न गरेको छ । नेपाली कांग्रेस १४ औ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर,केन्द्रिय सदस्य मैकुलाल वाल्मिकि,बर्दियाबाट प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य जुवेदा खातुन तथा राष्ट्रिय सभाका उम्मेदवार युवराज शर्मालाई सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथित तथा नेपालगंज कांग्रेस केन्द्रिय महामन्त्री किशोर सिंह राठौरले पार्टिलाई बलियो बनाउनका लागि संस्कारमा परिर्वतन ल्याउनु पर्ने बताए । महामन्त्री राठौरले केही महिना भित्र आउँदै गरेको तिन तहको निर्वाचनलाई मध्येनजर गर्दै आन्तरीक सघर्षलाई ठुलो मुद्धा बनाईन नहुने बताए । महामंन्त्र राठौरले भने,“पार्टि बन्नको लागि आन्तरीक सघर्षले केही गर्दैन,गुटउपगुट जिल्ला अधिवेशन सम्म मात्रै हो यसले केही फरक पार्दैन तर नेतृत्वले पनि आचारणमा सुधार ल्याउनु पर्दछ,नेतृत्वबाट गल्ती भए माफ माग्न पनि जान्नु पर्दछ ।

”यसैगरी सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले एडिवि लगायतका नेपालगंजमा भएका विकास निमार्णका कामहरुमा नेपाली कांग्रेले प्रचार गर्न नसकेको बताए । केन्द्रिय सदस्य वाल्मिकीले भने,“नेपालगंज लगायतको सडकबाटोहरु नेपाली कांग्रेसका तत्कालिन पार्टि सभापति स्वर्गिय शुशिल कोइरालाको पालोमा सम्झौता भएको हो तर कसैले भन्न सकिरहेको छैन ।”यसैगरी बर्दिया जिल्लालाई प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य जुवेदा खातुनले तिन तहको निर्वाचन लागि गुटउपगुट भन्दा पनि सबै मिलेर जानु पर्ने बताईन ।नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं.२ का सभापति रमेश कुमार गुप्ताको अध्यक्षमा सम्पन्न सम्मान कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रिय सभापति २ प्रदेश (क) सभापति तथा जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले गरेका थिए । सम्मान कार्यक्रममा राष्ट्रिय सभा उम्मेदवर तथा नेपाली कांग्रेस बाँके पुर्व सभापति युवराज शर्मा, पुर्व सभापति गजेन्द्र हमाल,संविधान सभा सदस्य आशा विक,महाधिवेशन प्रतिनिधि नारायण गौडेल,निरञ्जन सिंह सिजापती,बादशाह कुर्मी,राजकुमार वर्मा,यसैगरी नेपाली कांगे्रस बाँके क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति पोषण के.सी.,क्षेत्रिय सभापटि क्षेत्र नं. ३ नक्की खा,नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्ट,नेपालगंज उपमहानगरपालिका उमा थापा मगर तथा नेपाल शिक्षक संघ बाँके अध्यक्ष विरेन्द्र यादव लगायतले बोलेका थिए ।

नेपाली कांगे्रस नेपालगंज उपमहानगरपालिका नगर कार्यसमितिको प्रमाणपत्र ग्रहण पश्चात लिएको सामुहिक तस्विर
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here