spot_img
Sunday, September 8, 2024
Homeब्यानरनेपालमा पनि दुईजनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

नेपालमा पनि दुईजनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

spot_img

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ,‘३ मंसिर ०७८ मा नेपाल आएका ६६ बर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो ।उनीसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ बर्वीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नु पर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन ।\एस –जेन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here