नेपाल भारत मैत्री संघ केन्द्रिय समितिको सहयोगमा नेपाल भारत मैत्री संघ बाँके शाखाले मंगलबार बाँकेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं.६ मा रहेको सरस्वती माध्यामिक विद्यालय भघोटनाका विद्यार्थीहरुलाई हस्त लेखन(ठुलो कपी र जेल पेन)वितरण गरेको छ । कार्यक्रममा छिमेकी देश भारतको ७९ औ स्व्तन्त्रता दिवसको अवसरमा आयोजना गरीएको सो कार्यक्रमको अध्यक्षता नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष एवं केन्द्रिय सदस्य प्रदीप कुमार गुप्ताले गरेको थिए । शिक्षा समिति संयोजक बृजेश बहादुर सिंहको संयोजकत्वमा भएको उक्त कार्यक्रममा सचिव श्याम केसी,कोषाध्यक्ष तुषार शाह,सदस्यहरु रामलखन वैश्य,अजय केसी ,सुरेन्द्र बर्नवाल गुप्ता,तोजेन्द्र विक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनीराम याद,प्राध्यापक ज्वाला रेग्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक सुरेन्द्र साउदले गरेको थिए ।
हामीसँग जोडिनुहोस्
सिफारिस











