नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्टले आफु निर्वाचित भएपछि नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिने प्रतिवद्धता जनाउनु भएको छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभकामना साटासाट गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावबारे अन्य शहरले पनि सिक्नुपर्नेमा जोड दिदै उहाँले यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाईराख्न आफु प्रतिवद्ध रहेको बताउनु भयो । हरेक समुदायका चार्डपर्वको आ, आफ्नै महत्व र विशेषता रहेको उहाँको भनाई छ ।
यस्तै उपप्रमुख पदका उम्मेदवार राईले कांग्रेस र जसपाले प्रमुख र उपप्रमुख पदमा दुई फरक धर्म र समुदायका उम्मेदवारलाई उठाएर वास्तवमै सद्भावको सन्देश दिएको बताउनु भयो । ईदगाहमा नमाज पढ्न पुगेका मुस्लिम समुदायसँग नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईले अंकमाल गर्दै शुभकामना साटासाट गर्नु भएको थियो ।
00