spot_img
Sunday, September 8, 2024
Homeब्यानरनेपालगन्जमा सिसि क्यामराको व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यानाकषर्ण

नेपालगन्जमा सिसि क्यामराको व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यानाकषर्ण

spot_img

नेपालगन्ज शहरका विभिन्न स्थानमा जडान भएका सिसि क्यामराको व्यवस्थापनका लागि बाँके प्रशासनको ध्यानकषर्ण गराइएको छ । शहरभित्र हुने विभिन्न अपराधिक क्रियाकलापको नियन्त्रण, चोरी शिकारी, सडक दुर्घटना जस्ता घटनाको जानकारीका लागि सिसि क्यामराको महत्वपुर्ण भुमिका रहेकोले सोको व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाइएको हो ।
नगरका अधिकांस सिसि क्यामरा विग्रिएको अवस्थामा दुर्घटना बढ्ने र दोषीको पहिचान नखुल्ने भएकाले बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले सोको मर्मत सम्भार गरि संचालन गर्न सरोकारवालाको ध्यानाकषर्ण गराइएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई उक्त ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी विष्टले नगरमा जडान भएको सिसि क्यामराको मर्मत सम्भारको कार्य गर्नुपर्ने देखिएकाले तत्काल पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्र अन्र्तगत बजारमा विभिन्न सरकारी तथा गैरसरकारी र निजी उद्योगी व्यवसायीहरुको सहयोगमा लाखौ रुपैयामा सिसि क्यामरा जडान गरिएको थियो । त्यसको व्यवस्थापनको जिम्मा भनेर जिल्ला प्रहरी कार्यालयमा सचिवालय राखिएको छ । तर त्यसको खासै प्रभावकारिता देखिन्दैन । अहिले अधिकास सिसि क्यामरा विग्रिएका छन । त्यसको बारेमा सरोकारवाला निकायको ध्यान गएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here