spot_img
Tuesday, March 10, 2026
HomeUncategorizedनेपालगन्जमा श्री गुलवीर बाबाको पूजा–आराधनासहित धार्मिक र्‍याली

नेपालगन्जमा श्री गुलवीर बाबाको पूजा–आराधनासहित धार्मिक र्‍याली

spot_img


बाँके, नेपालगन्ज — बाँकेको नेपालगन्जमा कुलदेवताका रूपमा मानिने श्री गुलवीर बाबाको पूजा–आराधनासहित धार्मिक र्‍याली निकालिएको छ।
श्रीदेव वंशी लखेर पटवा उत्थान केन्द्र, केन्द्रीय कार्यालय नेपालगन्ज बाँके नेपालको अगुवाइमा उक्त धार्मिक र्‍याली आयोजना गरिएको हो। रानीतलाउस्थित श्री गुलवीर बाबाको मन्दिरबाट सुरु भएको र्‍याली स्थानीय प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसम्म पुगेर विशेष पूजा–आराधना गरिएको थियो। त्यसपछि पुनः र्‍यालीसहित सहभागीहरू रानीतलाउस्थित श्री गुलवीर बाबाको मन्दिरमा फर्किएका थिए।
नेपालगन्ज क्षेत्रमा करिब सयभन्दा बढी घरधुरी रहेको लखेर समुदायले श्री गुलवीर बाबालाई आफ्नो कुलदेवताका रूपमा आस्था र श्रद्धासहित पूजा गर्दै आएको बताइन्छ। केन्द्रका केन्द्रीय अध्यक्ष तथा स्थानीय युवा रंजित लखेरका अनुसार हिन्दुहरूको रंगहरूको पर्व होलीको समापनपछि प्रत्येक वर्ष परम्पराअनुसार यो पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।
स्थानीय लखेर समुदायका अगुवाहरूका अनुसार परापूर्वकालदेखि नै यस पर्वलाई विशेष महत्त्वका साथ मनाउँदै आएको परम्परा रहेको छ। लखेर समुदायका अगुवा सन्तोष लखेरले पनि श्री गुलवीर बाबालाई आफूहरूले आफ्नो कुलदेवताका रूपमा मानी नियमित रूपमा पूजा–आराधना गर्दै आएको बताए।
बाँके जिल्लामा होलीलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरू परम्परागत रूपमा मनाइँदै आएका छन्, जसको आफ्नै पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ।
यसरी बाँके जिल्लाको पहिचान झल्काउने तथा धार्मिक महत्त्व बोकेका यस्ता पर्वहरूलाई राज्यले पनि महत्त्व दिँदै संरक्षण र प्रवर्द्धन गर्नुपर्ने स्थानीयवासीहरूको धारणा रहेको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here