spot_img
Thursday, November 28, 2024
Homeबजारनेपालगन्जमा रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

नेपालगन्जमा रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

spot_img

रोयल इन्फिल्डको बहुप्रतीक्षित क्लासिक ३५० सिग्नल्स एडिसन बुधबार बाँकेको नेपालगन्जमा सार्वजनिक गरिएकोछ ।
नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको नेपालगन्जसहित बुधबार देशभर रहेका २४ वटा रोयल इन्फिल्डको शोरुममा लन्च एवं बिक्रि खुला गरिएको छ ।
रोयल इन्फिल्डका नेपालगन्जको लागि आधिकारिक विक्रेता नेपालगन्जको राँझा चोक नजिक रहेको वेस्ट इन नेपाल प्रालिले बुधबार एक कार्यक्रमकाबीच लन्चसंगै बिक्री खुला गरेको हो ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, बाँके अटो मोबाइल एशोसियसनका उपाध्यक्ष रविन्सन श्रेष्ठले संयुक्तरुमा रोयल इन्फिल्डको बहुप्रतीक्षित क्लासिक ३५० सिग्नल्स एडिसनको अनावरण गरे ।
सोक्रममा नेपालगन्जका लागि आधिकारिक विक्रेता वेस्ट इन नेपाल प्रालिका सञ्चालक सौभाग्य सिंहले उक्त मोटरसाईकलको मूल्य, फिचर लगायतका बारेमा जानकारी गराएका थिए ।
लन्च एवं बिक्रि खुला कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले मोटरसाईकलका पारखीका लागि यो बाइक अत्यन्त उपयुक्त हुने बताए । उनले अफिसियल होस वा एडभेन्चर, सहर होस् वा ग्रामीण भेग सबै क्षेत्रमा सहज, आरामदायी र रोमाञ्चित यात्राका लागि रोयल इन्फिल्ड नै रोज्न सुझाव दिए ।
यो मोटरसाइकलले रोयल इन्फिल्डको ऐतिहासिक धरोहरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै मोटरसाइकल प्रेमीहरूलाई नवीन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
क्लासिक ३५० सिग्नल्स एडिसनलाई रोयल इन्फिल्डको पुरातात्विक जीटु मोडल र पोस्ट वार युगका मोटरसाइकलबाट प्रेरित डिजाइन गरिएको छ । यो मोडल दुई आकर्षक रङहरूमा–डेजर्ट स्यान्ड र मार्स –ग्रेमा उपलब्ध छ, जसले मोटरसाइकललाई विशिष्ट र साहसिक लुक प्रदान गर्ने वेस्ट इन नेपाल प्रालिका सञ्चालक सौभाग्य सिंहले बताए ।
सिंहले भने–‘मोटरसाइकलमा ३५० सीसीको नयाँ एयर–आयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले सवारीलाई सहज पावर डेलिभरी, बलियो टर्क र परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । शहरभित्रको दैनिक आवागमन होस् वा लामो दूरीको यात्रा, यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले चालक र पछाडि यात्रु दुबैलाई अत्यन्त आरामदायी अनुभव दिनेछ ।’
उनका अनुसार क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकिएको छ । बुकिङ खुला भएकाले अर्डर गरे ३० देखि ४५ दिनसम्म बाइक उपलब्ध गराइने उनले बताए ।
एक्सचेन्ज अफरसंगै फाइनाइन्सको समेत ब्यवस्था भएकाले रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन चढ्न सौखिनहरुलाई यसले सहजता हुने उनले बताए । फाइनाइन्स गर्नेहरुले ५० प्रतिशत डाउनपे गरेर २४ महिनाको किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।
नेपालगन्जका लागि आधिकारिक विक्रेता वेस्ट इन नेपाल प्रालिले शोरुमसंगै उत्कृष्ट सर्भिस सेन्टर समेत सञ्चालनमा ल्याएकोछ । जसका कारण सामान्य मेन्टेनेन्सदेखि पार्टस रिप्लेसमेन्टका लागि नेपालगन्जबाहिर भौतारिनुपर्ने छैन । २०८० भदौदेखि सञ्चालनमा आएको उक्त विक्रेताले हालसम्म ४५० बढी रोयल इन्फिल्डका विभिन्न सिरिजका मोटरसाईकल विक्री गरिसेको सञ्चालक सिंहले बताए ।

जानौं नवीन फिचरहरू
क्लासिक ३५० सिग्नल्स एडिसनमा धेरै उपयोगी र आधुनिक फिचरहरू समावेश गरिएको छ, जसले यसलाई प्राविधिक दृष्टिकोणले विशेष बनाउँछ ।
–नयाँ एर्गोनोमिक डिजाइनः चालकको सहजता र नियन्त्रणका लागि सिट डिजाइन र ग्रिप्सलाई परिष्कृत गरिएको छ।
–रोटरी स्विच र ओभल मास्टर सिलिन्डरः मोटरसाइकललाई परिष्कृत अनुभव प्रदान गर्ने थप आकर्षक विशेषता।
–हेडलाइट र टेललाइटमा नयाँ डिजाइनः पाइलट लाइट सहितको हेडलाइट र एकीकृत रिफ्लेक्टरसहितको टेललाइटले मोटरसाइकललाई आधुनिक लुक दिन्छ।
सवारीको सुरक्षाका लागि यसमा अगाडिको ३०० एमएम डिस्क ब्रेक र पछाडिको २७० एमएम डिस्क ब्रेक जडान गरिएको छ। अगाडि ट्विन पिस्टन फ्लोटिङ क्यालिपर र पछाडि सिंगल पिस्टन फ्लोटिङ क्यालिपरको प्रयोगले उत्कृष्ट ब्रेकिङ अनुभव प्रदान गर्दछ, जसले सवारको आत्मविश्वासलाई वृद्धि गर्नेछ ।
यो मोडलले परम्परा र आधुनिकतालाई सन्तुलनमा राखेर तयार पारिएको छ। पुराना मोटरसाइकलहरूको डिजाइन प्रेरणालाई प्रविधिको उत्कृष्ट प्रयोगमार्फत प्रस्तुत गर्दै, यो बाइक रोयल इन्फिल्ड ब्राण्डको पहिचानलाई अझ मजबुत बनाउनेछ ।
क्लासिक ३५० सिग्नल्स एडिसनले परिष्कृत इन्जिन, आरामदायी सवारी अनुभव, र सुरक्षा विशेषताहरूको साथ बजारमा प्रवेश गरेको छ । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, र विशेष रंग विकल्पले यो बाइकलाई नेपालका मोटरसाइकल प्रेमीहरूका लागि उपयुक्त बनाउनेछ ।
रोयल इन्फिल्डको बहुप्रतीक्षित क्लासिक ३५० सिग्नल्स एडिसनको लन्च कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, बाँके अटो मोबाइल्स एशोसियसनका उपाध्यक्ष रविन्सन श्रेष्ठ, सिद्धार्थ बैंकका क्षेत्रीय प्रमुख केशव खाती, मुक्तीनाथ बैंकका ब्रान्च मेनेजर राजन क्षेत्री, लुम्बिनी विकास बैंकका लोख अफिसर अमृत श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here