spot_img
Thursday, September 19, 2024
Homeबजारनेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

नेपालगन्जमा खुल्यो एक करोड लागतमा अत्याधुनिक बिजुली घर

spot_img

घरदेखि तारे होटलसम्म होम डेलिभरीको ब्यवस्था
नेपालगंजमा एककरोडको लागतमा बिजुली घर नाम दिई विजुली पसल बुधबारबाट संचालनमा आएको छ । नेपालगंज उपमहमहानगरपालिका वडा नम्बर १८ स्थित कारकाँदो चोकमा रहेको उक्त विजुली घरको संचालन सुस्मिता गिरीले गरेकी हुन ।नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीद्धारा उदघाटन गरीएको उक्त विजुली घरको लागत एककरोड रहेको संचालकका श्रीमान तथा पत्रकार महासंघ बाँकेका अध्यक्ष दामुदर भण्डारीले जनाकारी दिए ।बिजुली घरको औपचारिक उद्घाटन गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष मन्सुरीले उद्योग, व्यवसाय प्रर्बद्धनको कार्यमा बिजुली घर सञ्चालनसंगै थप टेवा पुग्ने धारणा राखे ।
उक्त बिजुली घरबाट बिजुलीका अत्याधुनिक सामाग्रीको विक्री वितरण गरिनुका साथै अर्डर अनुसार होम डेलिभरीको व्यवस्था समेत गरिएकोछ ।
उक्त बिजुली घरमा आधुनिक बिजुलीका सामान सुपथ मूल्यमा विक्री वितरण हुनेछ । विश्वप्रख्यात मल्टिनेशनल लेग्रेण्ड र ओपलका विभिन्न उत्पादनहरु बिक्री गरिने बिजुली घरका सञ्चालक सुस्मिता गिरीले जानकारी दिइन् । बिजुलीघरमा उपभोक्ताको माग अनुरुप गुणस्तरीय विश्वप्रख्यात लेग्रेण्ड कम्पीनीका मुडलर स्विचहरु, ओपल ब्राण्डका लाइटहरुका साथै विभिन्न मोडलका झुमर, वाल लाईट, आउट डोर लाइट तथा सिधै मोबाईल चार्ज गर्न मिल्ने स्विचहरु पाइने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here