spot_img
Saturday, September 21, 2024
Homeब्यानरनेपालगन्जमा कांग्रेसका विष्टको दोब्बर बढि मतको अग्रता

नेपालगन्जमा कांग्रेसका विष्टको दोब्बर बढि मतको अग्रता

spot_img

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतको अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार विष्टले १५४९७ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले विष्ट भन्दा आधा कम मत पाएका छन् । उनले ७७४६ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ७७५१ मतको अन्तर रहेको छ । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५९२२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ११५५७ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ७९६४ मत प्राप्त गरेकी छन् । राई र विन्दुबीच ३५९३ मतको अन्तर रहेको छ ।
नेकपा एमालेकी शान्ति ढकालले ७२८२ मत प्राप्त गरेकी छन् । मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा कुल ६१ हजार २ सय ५ मत खसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here