spot_img
Tuesday, October 22, 2024
Homeब्यानरनेपालगञ्ज स्थित पुरैनीबाट ब्राउन सुगर सहित एक जना पक्राउ

नेपालगञ्ज स्थित पुरैनीबाट ब्राउन सुगर सहित एक जना पक्राउ

spot_img

बाँकेको नेपालगञ्जबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।सोमबार साँझ ५ बजेर ४० मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनीबाट २७ वर्षिय अन्बर अलीलाई प्रहरीले नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी मधुसुदन न्यौपानेले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्दा उनले लगाएको पाईन्टको गोजीबाट ४ वटा पुडिया बनाएर राखेको २ ग्राम ५००मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बाँकेमा लागुऔषधको कारोबार बढदै गएको छ । बाँके प्रहरी तथा लागुऔषध ब्यूरोले पनि बिभिन्न समयमा जिल्लाबाट लागुऔषधका कारोबारीलाई पक्राउ गर्दै आए पनि नियन्त्रण गर्न सकेको छैन । खुला सिमानाका कारण पनि प्रहरीलाई यस्ता गतिविधि नियन्त्रण गर्न सकस र चुनौतीपूणर् बन्दै गएको बुझिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here