spot_img
Friday, October 18, 2024
Homeब्यानरनेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जारी आन्दोलन स्थगित

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जारी आन्दोलन स्थगित

spot_img

बाँकेको नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जारी आन्दोलन स्थगित भएको छ । बिगत ९ दिन देखि जारी आन्दोलन तीन बुँदे सहमति पछि स्थगित भएको हो ।बाँकेको नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जारी आन्दोलन स्थगित भएको छ । बिगत ९ दिन देखि जारी आन्दोलन तीन बुँदे सहमति पछि स्थगित भएको हो ।बुधबार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारी बीचको भएको वार्तामा सहमति पश्चात जारी आन्दोलन स्थगन गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षता दुवै पक्ष बीच बुधबार दिउँसो वार्ता बसेको थियो ।


अस्पतालमा जारी आन्दोलन स्थगित गरेर सबै सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलिय तथा सर्वपक्षिय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पतालले कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्ने लगायतका सहमति भएको बुझिएको छ । यस अघि अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई स्पष्टिकरण मागेको थियो ।आन्दोलन क्रममा अस्पताल कर्मचारीहरुले इमरजेन्सी बाहेक अन्य सवै सेवा ठप्प पारेका थिए ।
लर्ड बुद्ध एजुकेसन एकेडमी लि.मा देखिएको बिवाद समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम एन, २०७४ को दफा ११९ को (३) बमोजिम मध्यस्थता समिती गठन भइसकेकोले आन्दोलनका कारण स्थगन भएको ओपिडी लगायतका सेवाहरु शुचारु गर्ने र मध्यस्थता समितीलाई अवरोध कार्यस्थलमा खटाई दिन मन्त्रालयलाई अनुरोध गर्ने’ निणर्यमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here