spot_img
Wednesday, January 28, 2026
Homeबजारनेपालगञ्जका व्यवसायी एकजुट, कांग्रेस उम्मेदवार सुदान्सु कोइरालालाई जितको शुभकामना र समर्थन

नेपालगञ्जका व्यवसायी एकजुट, कांग्रेस उम्मेदवार सुदान्सु कोइरालालाई जितको शुभकामना र समर्थन

spot_img

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुदान्सु कोइरालालाई नेपालगञ्जका व्यवसायी समुदायले एकजुट हुँदै विजयको शुभकामना तथा समर्थन व्यक्त गरेका छन्। प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका पदाधिकारी तथा सदस्यहरूले बिहीबार नेपालगञ्जमा उम्मेदवार कोइरालासँग भेटघाट गर्दै आगामी निर्वाचनमा सफलताको कामना गरेका हुन्।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको नेतृत्वमा गएको टोलीले कोइरालासँग भेटघाट गरी व्यवसायी समुदायका समस्या, चुनौती र अपेक्षाबारे समेत छलफल गरेको थियो। भेटघाट कार्यक्रमबारे जानकारी दिंदै संघका सचिव हिमनाथ पौडेलले व्यवसायीहरूको तर्फबाट लोकतान्त्रिक मूल्य, निजी क्षेत्रको सम्मान र व्यावसायिक वातावरण सुदृढ बनाउने नेतृत्वको आवश्यकता महसुस गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गरिएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष संजय थापाले पछिल्लो समय नेपालको राजनीतिमा युवाको भूमिका निर्णायक बन्दै गएको उल्लेख गरे। उनले भने, “युवाको भावना बुझ्न सक्ने, युवासँग संवाद गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो। सुदान्सु कोइराला युवा, ऊर्जाशील र स्पष्ट दृष्टिकोण भएका नेता हुनुहुन्छ। उहाँको जित सुनिश्चित छ, र यसमा नेपालगञ्जका व्यवसायीहरू एकजुट छन्।”

त्यस अवसरमा उम्मेदवार सुदान्सु कोइरालाले उपस्थित व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै आफ्नो जित केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण व्यवसायी समुदाय र आम नागरिकको जित हुने बताए। नेपालगञ्ज बाँके जिल्लाको प्रमुख व्यावसायिक केन्द्र भए पनि व्यवसायीहरूको समस्या समयमै सम्बोधन हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे। “कुनै पनि दल वा नेताले व्यवसायी हितलाई प्राथमिकतामा राखेर काम गरेको अनुभव मैले गर्न पाएको छैन,” उनले भने, “निर्वाचित भए व्यवसायीहरूको हक–हित संरक्षण, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाका लागि आवश्यक नीतिगत पहल मेरो पहिलो प्राथमिकता हुनेछ।”

नेपाली कांग्रेस बाँकेका जिल्ला सचिवसमेत रहेका कोइरालाले व्यवसायीहरू लोकतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै नीति निर्माण तहमा उनीहरूको आवाज पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। “यहाँहरू प्रतिनिधिका रूपमा आफ्ना समस्या र सुझाव लिएर आउनुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु,” उनले भने, “व्यवसायी समुदायको विश्वासलाई कामबाट प्रमाणित गर्नेछु।”

भेटघाट कार्यक्रममा संघका अध्यक्ष संजय थापासहित उपाध्यक्षहरू धुव्र दाहाल, प्रदिप गुप्ता र उमा ग्रान्डन, सचिव हिमनाथ पौडेल, सहसचिव मख्खनबहादुर धामी, कोषाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, सदस्यहरू बद्री श्रेष्ठ, सन्तोष कुमार पौडेल, सुरेश परियार र शालिक सुवेदी सहभागी थिए। साथै सल्लाहकार तथा नेपाल ट्रेड युनियन बाँकेका अध्यक्ष तोजिन्द्र विक, व्यवसायी सुरेन्द्र श्रेष्ठलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here