spot_img
Saturday, September 21, 2024
Homeब्यानरनेपालगंज ४ मा प्रदिप शाहको टिम नै विजय नजिक

नेपालगंज ४ मा प्रदिप शाहको टिम नै विजय नजिक

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा नेपाली कांग्रेसले स्थानिय प्रदिप शाहलाई वडा अध्यक्षको रुपमा उम्मेदवार बनाएको छ । स्थानिय स्तरमा राम्रो पकड बनाएका शाह विभिन्न सघ संस्थामा समेत रहदै आएका व्यक्ति हुन । कुनै पनि समुदायलाई अगाडि लैजानु पर्छ अधिकारका कुराहरुमा सधैव जनाकार हुनु पर्ने भन्दै नेपालगंजमा रहेको शाहु समाजलाई समेत उनले उठाउने काम गर्दै आएका छन । साना–साना संस्थाहरुमा सक्रिय रुपमा काम गर्दै आएका शाह वडा अध्यक्षमा निर्वाचित भएपछि वडा हुने ढिला सुस्ती ,भ्रष्टाचार लगायका नराम्रा पक्षहरुलाई कुनै पनि हालतमा वडा भित्र झिर्न नदिने बताउँछन । नेपाली कांग्रेसबाट उम्मेदवार भएता पनि शाहको सम्बन्ध अन्य राजनिति दलहरुसंग समेत राम्रो रहेको पाइएको छ । स्थानिय निर्वाचन व्यक्ति विशेष हुने भएको भन्दै स्थानियहरुको रोजाईमा समेत शाह पर्न सफल भएको स्थानियहरु बताउँछन । राम्रो टिमका साथ अगाडि बढेका शाहको टिममा महिला सदस्यका रुपमा अस्मिता शाह महतरा रहेकी छिन ।

सदस्य महतरा लामो समय देखि समाजसेवामा लाग्दै आएको एउटा समाजसेवी हुन । महतराको वडामा मात्रै नभए नगरमा समेत राम्रो सम्बन्ध रहेको छ जुन सम्बन्धले अध्यक्ष शाहलाई जिताउने निकै ठुलो मद्दत पुग्ने देखिन्छ । विशेष गरी वडा नम्बर ४मा मधेसी समुदायहरुको बाहुल्यता रहेको हुदाँ मधेसी अनुहार मध्ये सबै गुणले सम्मपन्न उम्मेदवारको रुपमा शाहलाई लिन सकिन्छ । यसैगरी शाहको टिममा खुल्ला पुरुष तर्फ उत्तम सिंह सिजापतीको पारिवारी देखि लिएर स्थानिय पहाडी समुदायको समर्थन राम्रो भएको दावी सदस्य सिजापती बताउँछन ।जसले गर्दा पहाडी समुदायको मत समेत अध्यक्ष शाहमा खस्ने स्थानियहरुको दावी रहेका छ । यसैगरी शाहका टिममा रहेकी दलित सदस्य सुशीला कोरीको समेत एक जुझारु उम्मेदवारको रुपमा रहेका बुझिएका छ,साथै टिमका सदस्य मो.सलिम हलुवाई समेत मुस्लिम समुदायमा चर्चामा रहेका नाम हो जसको कारणले अध्यक्षका उम्मेदवार प्रदिपको जित सुनिश्चित भएको स्थानिय सुनिल भण्डारी बताउँनु हुन्छ ।नेपाली कांग्रेसका वेदागी उम्मेदवारका रुपमा रहेका प्रदिप शाह लगायतको टिमले वडा नं.४ मा समृद्धिका साथै विकास र रोजगारीको सृजना समेत गर्ने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here