spot_img
Friday, September 20, 2024
Homeराजनीतिनेपालगंज साइक्लिङ क्लवले साइकल उत्सवको तयारी तिव्र पार्दै

नेपालगंज साइक्लिङ क्लवले साइकल उत्सवको तयारी तिव्र पार्दै

spot_img

बाँके जिल्लामा साइकलको केज्रलाई ससक्त बनाउदै आएको नेपालगंज साइक्लिङ क्लबले साइकल उत्सव गर्ने भएको छ । क्लबले यही फागुन २० र २९ गते आयोजना गर्न लागेको नेपालगंज साइकल उत्सवको तयारी तिव्र बनाएको हो । कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार गरीएको एक समारोहका विच कार्यक्रमको सम्पर्क कार्यालयलाई व्यवस्थित गर्न क्लबको नेपाल एयरलाइन्सको भवनमा रहेको एमरल्ड कलेजमा सचिवालयको स्थापना गरि औपचारीक उद्घाटन गर्दै नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले क्लबले बाँके र बर्दियाको पर्यटन प्रवद्धधनका लागि प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको कार्यक्रयम टुर डे ठाकुरद्धाराको प्रशंसा गरेकी छन । क्लवका अध्यक्ष सतिश निरौलाले क्लवलाई यो वर्ष विगतका वर्षमा गर्दै आईरहेको टुर डे ठाकुरद्धारालाई अलि बृहत र फरक शैलीमा गर्ने बताए । कार्यक्रम मुल आयोजक समितिका संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दिप कार्कीले यस कार्यक्रममा देशका प्रमुख शहरहरु र ७ वटै प्रदेश तथा छिमेकी देश भारतबाट समेत गरि २ सय ५० साइकल यात्रीहरुले सहभागीता जनाउने बताए ।क्लवका सचीव प्रदीप सापकोटाले कार्यक्रममा सहभागिताको लागि अनलाइनबाट रजीस्टे«सन गर्न सकिने र बाँके जिल्लाका साइक्लिष्टहरुले अनलाईन अथवा सचिवालयमा नै आई सहभागिता फर्म भर्ने व्यवस्था मिलाइएको बताए । कार्यक्रममा बाँके र बर्दियाका स्थानीय सरकार,संघसंस्था र नीजी कम्पनी तथा व्यवसायीहरुको समेत साझेदारीको लागि अपील गर्दै कार्यक्रम बाँके र बर्दियाको पर्या पर्यटन विकासमा कोशेढुङगा हुने आशा क्लबले लिएको क्लवका सदस्य विजयेन्द्र जिसीले जनाकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here