spot_img
Friday, October 18, 2024
Homeब्यानरनेपालगंज उपमहानगरपालिका वडा नं.१२ का उत्कृष्ट कर्मचारी सम्मानित

नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का उत्कृष्ट कर्मचारी सम्मानित

spot_img

नेपालगंज उपमहानगरपालिका वडा नं.१२ को बार्षिक वडा सम्मेलन शुक्रबार सम्पन्न भएको छ । वडा भेलाका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । वडा नं.१२ का वडा अध्यक्ष तरुण कुमार ब्रजाचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा वडामा कार्यरत कर्मचारी दिपा कुमारी उपाध्याय तथा कार्यालय सहयोगी पुष्पा पराजुलीलाई सम्मानित गरेको हो । यसैगरी वडा भेलामा वडा नम्बर १२ मै रहेको बागेश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षक सरिता श्रेष्ठ खड्का र गिता पौडेललाई सम्मान गरेको हो । यस्तै लामो समय देखि स्वास्थ्य स्वम सेविकाका रुपमा कार्यरत दुर्गा थापा,विना पाण्डे र रेश्मा गौतमलाई जनही ११ हजार नगद सहित सम्मानित गरीएको वडाका वडासचिव नेवला घर्तीले जानकारी दिए । वडाका पंजीका अधिकृत गोरख बहादुर नेपालीले संचालन गरेको कार्यक्रममा वडाका वडा सदस्य शुसिला पन्त,राजकुमार बाल्मिकी,स्थानिय जेष्ठ नागरीक अध्यक्ष अजित कुमार शर्मा,आमा समुह,वडामा गठन गरीएका विभिन्न टोल समितिका अध्यक्ष तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here