spot_img
Sunday, September 22, 2024
Homeब्यानरनेपालगंज उपमहानगरपालिका–१२मा वृक्षरोपण

नेपालगंज उपमहानगरपालिका–१२मा वृक्षरोपण

spot_img

वडालाई पर्यावरणीय तथा हरियाली क्षेत्रको रुपमा विकास गर्ने उदेश्य राख्दै नेपालगंज उपमहानगरपालिका वडा नं.१२ ले शनिबार वृक्षरोपण गरेको छ ।शनिबार विहान वडा कार्यालय भएको स्थान तथा वडा स्वस्थ्य कार्यालयमा वृक्षरोपण गरीएको हो ।वृक्ष रोपणको अवसरमा बोल्दै नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश वन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले नेपाल लगायत विश्वका मानिस वन विनासले गर्दा वातावरण प्रदुषण भैरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका–१२ ले गरेको वृक्षरोपण कार्यक्रम निकै राम्रो भएको बताए । स्थानिय जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि वृक्षरोपणलाई प्राथमिक कार्यमा राख्नु पर्ने बताए । मन्त्री हमालले वडाका अन्य विकास क्षेत्रमा समेत आफ्नो सहयोग रहने प्रतिवद्धता समेत जनाए । यसैगरी कार्यालयको सौदन्र्यकरण तथा हरियाली बनाउने उदेश्यले वृक्ष रोपण गरीएको वडा नम्बर–१२का वडाअध्यक्ष तरुण कुमार वज्राचार्यले जानकारी गराए । शनिबार विहान केही विषेश प्रकारका विरुवाहरु वडा र स्वास्थ्य कार्यालयमा वृक्षरोपण गर्न पुगेको वडाअध्यक्ष वज्राचार्यले रुखविरुवा मानव स्वास्थ्यको लागि समेत अपरिहार्य भएको र यसले वडा कार्यालयको वातावरणमा थप रौनक ल्याउने बताए । वर्षाको विचमा निर्धारित समयमा सुरुभएको वृक्षरोपण कार्यक्रममा वडा सदस्य शुशिला पन्त,चन्दा चिडिमार,राजकुमार वाल्मीकी,विनोद रस्तोगी,वडा सचिव दिपेन्द्र श्रेष्ठ, वडा स्तरीय स्वास्थ्य कार्यालय इन्चार्ज आरती थारु लगायतको उपस्थिति रहेको थियो भने दुई स्थानमा करिव दुई सय बढि विरुवा रोपण गरीएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here