spot_img
Thursday, September 19, 2024
Homeबजारनेपालगंज उद्योग वाणिज्य संघ बाँकेलाई हरीयाली बनाउने अभियानमा

नेपालगंज उद्योग वाणिज्य संघ बाँकेलाई हरीयाली बनाउने अभियानमा

spot_img

नेपालको अत्याधिक गर्मी स्थानको रुपमा परिचय पाइरहेको नेपालगंज बाँकेलाई नेपालगंज उद्योग वाणिज्य संघले हरियाली बनाउने लक्ष्य लिइ अघि बढेको पाइएको छ ।आफ्नो तीन वर्षे कार्यकालमा करिब एक लाख बोटविरुवा लगाउने उदेश्य स्वरुप अहिले आफ्नो अभियानलाई तिव्रता दिएको पाइएको छ । आफ्नो अभियानका बारेमा जानकारी दिदै उद्योग वाणिज्य संघ नेपालगंज महिला सदस्य उमा ग्राण्डनले उद्योग वाणिज्य मात्रै नभएर यसमा सबैको साथ र सहयोग हुनु पर्ने बताउँदै भनिन,‘उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा एक लाख विरुवा लगाउने अभियान रहेको छ यसमा सबैको आवश्यक सहयोग हुनु पर्छ,यसमा हामी सबै सकारात्मक हुनु पर्छ ।’ बोटविरुवा रोपण गर्ने अभियान लिएर अगाडि बढेको नेपालगंज उद्योग वाणिज्य संघले बिहिबार संविधान दिवसको दिन पाँच सय बढि विरुवा लगाएको उद्योग वाणिज्य संघका अध्यक्ष टंक प्रसाद धामीले जानकारी दिदै भने्,‘गर्मी क्षेत्र भएको हुदा हाम्रो यो अभियान हो यसमा हामी विभिन्न स्थानमा बोटविरुवा लगाउँदै आएको छौ।’ यसैगरी विहिबार आयोजना गरीएको बोट विरुवा रोपण कार्यक्रममा विषयमा प्रतिक्रिया दिदै नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले भने,‘बोटविरुवाको सुरक्षाका लागि हामीले सडकका विरुवाहरुमा सिचाई गर्दै आएका छौ,यसरी उद्योग वाणिज्यसंघले गरेको बृक्षारोपणा कार्यक्रमलाइ गर्नु पर्ने सहयोगका लागि सधै तत्पर रहेका छौ ।’ संघले पहिलो चरणमा राझा स्थिति पशुपतिनाथ मन्दिर परिसरमा ,दोस्रो चरणमा चरणमा नेपालगंज स्थिति एक मष्जिस्दमा र तेस्रो चरणमा नेपालगंज स्थित सुख्खाबन्दरगाहामा विरुवाहरु रोपण गरेको संयोजक टिकामणी रिजाल उपाध्यायले जानकारी दिएका छन ।

उद्योग वाणिज्य सघ नेपालगंजले आयोजना गरेको बृक्षा रोपण कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रशासन अधिकारी खगेन्द्र प्रसाद रिजाल,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की,उद्योग वाणिज्य संघकामहासचिव भिम रानाभाट,सचिव टेक बहादुर खड्का,सदस्य सन्तोष पौडेल,सदस्य सन्तोष पौडेल,इन्दीरा शाही,सोनाली गुप्ता,बुद्धी दियाली तथा एशोसियट सदस्य कमल कार्की लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here