बाँके नेपालगंज उपमहानगरपालिका सुर्खेत रोड स्थित गणेशमानचोक नजिक प्रतिष्ठित व्यक्तिहरुको सहकार्यमा शुक्रबारदेखि सेभेन र मयुरा गरि दुईवटा क्याफे संचालनमा आएको छ ।क्याफेका लगानी कर्ता एवं बरिष्ठ चिकित्सक डाक्टर निना श्रेष्ठले क्याफेको उद्घाटन गरेकी हुन । संचालनमा ल्याइएको क्याफे शहरमा रहेका अन्य क्याफे भन्दा फरक र विशिष्ट रहेको संचालकको दावी रहेको छ । आकर्षक बगैचा सहित सुन्दर इन्टरियर डिजाइन क्याफेको विशेषता रहेको संचालकहरु बताउँछन । संचालनमा ल्याइएका क्याफे ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै चिया,कफिदेखी खाजा नास्ताका परिकार क्याफेमा राखिएको छ । गोपालनिना फाउन्डेसन मार्फत संचालनमा आएका क्याफेमा भएको नाफालाई शिक्षा,स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गरीने समेत संचालकहरु बताउँछन ।वरिष्ठ पत्रकार पुर्ण लाल चुके लगायतले उद्घाटन गरेको क्याम सामाजिक कार्य समेतको उदेश्यमा संचालनमा ल्याइएको क्याफेमा सबै प्रकारका सेवाग्राही जान सक्ने समेत बताइएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस