spot_img
Tuesday, January 21, 2025
Homeब्यानरनेपालगंजका वडा नं १ र ११ मा वडा स्तरीय मेलमिलाप केन्द्रको उद्घाटन

नेपालगंजका वडा नं १ र ११ मा वडा स्तरीय मेलमिलाप केन्द्रको उद्घाटन

spot_img

बाँके जिल्ला नेपालगंजका दुई वडाहरुमा वडा स्तरीय सामुदायिक मेलमिलाप केन्द्रको कार्यालय विहिबार उद्घाटन गरीएको छ । नेपालगंज नगर स्तरीय सामुदायिक मेलमिलाप समितिको आयोजना तथा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा नेपालगंज उपमहानगरपालिका वडा नं. १ र वडा नं.११ मा वडा स्तरिय मेलमिलाप समितिको कार्यालय उद्घाटन गरीएको हो । वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजालले कार्यालयको उद्घाटन गर्दै मेलमिलाप केन्द्रको स्थापनाका लागि तीन वर्ष अघि नै अवधारण अगाडि बढाएको भएता पनि विभिन्न प्रविधिक कारण तथा निर्देशिकको अभावका कारण केही ढिलाई भएता पनि अवका दिनमा मेलमिलापलाई अझै प्रभावकारी तरीकाले लैजाने बताए । मेलमिलाप कार्यालयको उद्घाटन भएपछि न्याय सम्पादनमा जनप्रतिनिधिहरुलाई सहज हुने अध्यक्ष रिजालले बताए । यसैगरी वडा नं.११ का अध्यक्ष उज्वल सिंह राठौरले मेलमिलाप केन्द्रको स्थापना भएपछि वडा स्तरमा हुने गरेको विवादहरु स्थानिय तहबाटै मिलाउन सकिने बताए । कार्यालय उद्घाटनमा बोल्दै नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार बर्माले वडा स्तरमा मेलमिलापका लागि कार्यालय उद्घाटन भएपछि मेलमिलाप कर्ताहरुमा अझै जिम्मेवारी बन्नु पर्ने समय आएको बताए । संयोजक बर्माले विवादलाई समाधान गर्दै गर्दा स्थानिय जनप्रतिधिहरुको पनि उत्तिकै खाचो हुने हुदाँ मेलमिलाप कर्ताले हरेक विवादमा वडा अध्यक्ष तथा वडाका कर्मचारीहरुसंग समन्वय हुनु पर्ने बताए ।

नेपालगंज वडा नं.११ का वडा अध्यक्ष उज्जल सिंह राठौर लगायत केन्द्रको उद््घाटन पछि आवश्यक सामग्री हस्तान्तरण गर्दै नेपालगंज उपमहानगरपालिका नगर स्तरिय सामुदायिक मेलमिलाप केन्द्रका संयोजक शिव कुमार बर्मा लगायतको तस्वीर

कार्यालय उद्घाट्न कार्याक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समिति सदस्य अस्मिता शाहले मेलमिलाप गर्दै गर्दा सबैलाई जीत जीतको अवस्थामा पु¥याउनु पर्ने बताईन । नगर स्तरीय मेलमिलाप समितिका नेपालगंज उपमहानगरपालिकाका सचिव तथा संचारकर्मी मधु पौडेलले सहजीकरण गरेको उद्घाटन कार्याक्रमा वडा नं.११ का वडा सचिव केदार अधिकार लगायतले मन्तव्य राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.