spot_img
Saturday, September 21, 2024
Homeब्यानर‘निर्वाचित भएपछि चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्छु’ ः प्रशान्त विष्ट

‘निर्वाचित भएपछि चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्छु’ ः प्रशान्त विष्ट

spot_img

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसहित पाँच दलिय गठबन्धनबाट नगर प्रमुख पदका साझा उम्मेदवार प्रशान्त विष्टले आफु निर्वाचित भएपछि चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने उद्घोष गरेका छन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत त्रिवेणी मोडमा शनिबार(आज) अपरान्ह आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन। निर्वाचनको सन्दर्भमा गरिएको ‘पाँच वर्ष, पाँच प्रतिवद्धता’ लाई कार्यान्वयन गर्नका लागि आफुलाई मतदातले यसपटक नगर प्रमुखको जिम्मेवारी दिनुपर्ने उनको आग्रह छ ।
‘म जनताको सेवा गर्नका लागि राजनीतिमा आएको हुँ, जनताको काम गर्दा मैले सबैलाई समान रुपले हेर्नेछु र आफ्नो पाँच वर्षे कार्यकालमा प्रतिवद्धता अनुसार काम गर्नेछु,’ विष्टले भने । यसका लागि नगर प्रमुख पदमा आफुलाई रुख चुनाव चिन्ह र उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईलाई छाता चिन्हमा मतदान गर्न अपिल गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलबाट सुरु भएको घरदैलो पिपल चौतारा, सहिद सेतु बिक चोक, न्यूरोड, महिरान टोल, बाल्मिकी टोल, त्रिवेणी मोड, विकास नगर हुदै घरबारी टोलमा आएर समापन भएको थियो ।
घरदैलोसँगै विभिन्न ठाउँमा आयोजित कोण सभालाई राष्ट्रिय सभाका सदस्य एवम् कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, पुर्वमन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, कांग्रेस नेता अजितकुमार शर्मा लगायतले पनि सम्बोधनगरेका थिए ।
बोल्ने बक्ताले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कांग्रेसको ऐतिहासिक वडा भएकाले यसपटक पनि जित्नुपर्ने बताए । वडालाई कुनैपनि हालतमा गुम्न दिन नहुने कांग्रेस नेताहरुको जोड थियो । वडाकै जोडबलले उपमहानगरमा पनि गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने उनीहरुको भनाई रहेको छ ।
सो क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्यद्धय परमेश्वरी पाठक र कृष्णा सापकोटा९चौधरी०, कांग्रेस बाँकेका निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, प्रदेश सभा २ ख का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्र नम्बर २ का सचिव एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का निर्वाचन परिचालन समिति संयोजक सुनिलसिंह हमाल, वडाअध्यक्षका उम्मेदवार प्रदिप श्रेष्ठ, वडासदस्यका उम्मेदवार लगायत कांग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here