spot_img
Saturday, September 21, 2024
Homeब्यानरनिर्वाचन परिचालन समितिद्धारा बधाई तथा धन्यवाद कार्यक्रम

निर्वाचन परिचालन समितिद्धारा बधाई तथा धन्यवाद कार्यक्रम

spot_img

नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका नगर स्तरीय निर्वाचन परिचालन समितिको आयोजनामा मंगलबार नेपालगंजमा शुभकामना,बधाइ तथा धन्यवाद सम्पन्न भएको छ ।
बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा नेपालगंज उपमहानगरपालिकाको मेयर लगायत नेपाली कांग्रेसका उम्मेदवारहरुको तर्फबाट निर्माण गरीएको समितिले नवनिर्वाचित नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट लगायत नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्ष लगायतका उपविजेता बनेका उम्मेदवार तथा निर्वाचनका लागि गठन गरीएका आर्थिक,प्रसारप्रसार लगायतका समितिलाई शुभकामना तथा धन्यवाद दिइएको थियो ।
कार्यक्रम नगर स्तरीय निर्वाचन परिचाल समितिका संयोजक डा. सुरेश कुमार कनोडियाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन सचिवाल समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता ललित कुमार रौनियारले दिएका थिए । कार्यक्रममा नेपालगंज उपमहानगरपालिका नवनिर्वाचित मेयर प्रशान्त विष्ट,महासमिति सदस्य राजकुमार वर्मा,महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा,नेपाली कांग्रेस बाँके जिल्ला उपाध्यक्ष गोपाल अधिकारी,नेपाली कांगे्रस जिल्ला सदस्य उमा थापा मगर,नेपाली कांग्रेस प्रदेश(ख)का प्रदेश अध्यक्ष जितेन्द्र बहादुर हमाल,निर्वाचन प्रचारप्रसार समितिका संयोजक अजित कुमार शर्मा,बुध सभापति सितादेवी काफ्ले,मेराज हलवाई तथा नवनिर्वाचित वडा अध्यक्ष वडा नं १२ का वडा अध्यक्ष तरुण कुमार वज्राचार्य लगायतले मन्तव्य राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here