spot_img
Friday, September 20, 2024
Homeब्यानरनिर्वाचनमा अन्र्तघात भए निर्वाचन अघि नै कारवाही हुनेः नेपाली कांग्रेस बाँके सभापति...

निर्वाचनमा अन्र्तघात भए निर्वाचन अघि नै कारवाही हुनेः नेपाली कांग्रेस बाँके सभापति गौडेल

spot_img

पार्टीमा निर्वाचनको वेला अन्र्तघात गरे निर्वाचन अघि नै कारबाही गरीने नेपाली कांग्रेस बाँकेका अध्यक्ष नारायण प्रसाद गौडेलले बताएका छन ।स्थानिय निर्वाचन आउँदै गर्दा बाँकेका विभिन्न टोल तथा वडाहरुमा सम्र्पक कार्यालय उद्घाटन गर्ने क्रममा सभापति गौडेलले यस्तो कुरा बताएका हुन । पार्टिको निर्वाचनमा सबैको साथ सहयोग भएमा कांग्रेसले सबै स्थानिय तहमा विजय हुने भन्दै सभापति गौडेलले नेपालगंजको विकासमा नेपाली कांग्रेसले अतुलनिय भुमिका खेलेको हुदाँ कांग्रेसले खेलेका भुमिकाका विषयमा मात्रै जनता माझ लाग्न सके कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए । यसैगरी सभापति गौडेलले नेपालगंज उपमहानगरपालिकाका २३ औटै वडामा छनौटमा परेको उम्मेदवारलाई सहयोग गर्नु पर्ने बताए । उनले भने,“सकिन्छ वडाबाटै सर्वसम्वत बनाएर ल्याउदाँ राम्रो जसले गर्दा अन्यले खेल्ने मौका पाउँदैन ।”उनले भने,“नामको टुङगो् लागि सकेपछि कसैले पनि अन्र्तघात गर्ने छैन,यती कसैले अन्र्तघात गरेमा भएमा निर्वाचन पछि होइन ,अघि नै कारवाही गर्नेछौ ।”उनले भने नेपाली कांग्रेस भनेको लोकतान्त्रिक,संविधान र जनताको अभिभावक हो अतः जनतासँगै गएर जनताको समस्या बुझेर चुनाव जिताउन लाग्नु पर्ने बताए ।सभापति गौडेलले कसैलाई केही चित्त नबुझेर सिधै पार्टि कार्यालयमा गएर आफ्ना कुराहरु राख्न सकिने पनि बताए ।सभापति गौडेलले श्रीलंकाको उदाहरण दिदै देशमा आर्थिक मन्दिलाई कम गर्न एमसिसि पास गरीएको बताए । सभापति गौडेलले एमसिसिका बारेमा जनतामा भ्रम फैलाउने तत्वसंग सावधान हुन पनि आफ्ना कार्यकर्तालाई सुझाव दिएका थिए ।

वडा नं५ नेपाली कांग्रेस वडा सम्र्पक कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेसका पार्टि सभापति नारायण प्रसाद गौडेल

नेपालगंज उपमहानगरपालिका वडा नं.५को वडा स्तरीय सम्र्पक कार्यालय उद्घाटन गर्न पुगेको सभापति गौडेलले एमसिसि सडक र विद्युत भन्दा अरु विषयमा खर्च नहुने भएको हुदाँ देशका लागि सही अनुदान भएको दावी गरे ।कार्यालय उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभासद मो.याकुव अन्सारी,संविधान सदस्य भोला सिद्धिकी,नेपाली कांग्रेस उपसभापति गोपाल अधिकारी,नेपाली कांग्रेस नगरसभापति प्रशान्त विष्ट लगायतले सम्बोधन गरेको नेपाली कांगे्रस क्षेत्र नं.२ क्षेत्रिय सदस्य उमा ग्राण्डनले बताईन । वडा नं.५ का बुध सभापति मेराज हल्वाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्र नं.२ का प्रदेश सभापति कैलाश हमाल,प्रदेश सदस्य शालिकराम शर्मा,जिल्ला सदस्य उमा थापा,प्रदिप श्रेष्ठ,शुसिला नेपाली,नेपालगंज उपमहानगरपालिका वडा नं.२ का वुध सभापति प्रदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश सभासत मो.याकुव अन्सारी तथा नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस नगर सभापति प्रशान्त विष्ट लगायतको तस्विर
कार्यालय उद्घाटनमा निस्कीदै गरेको जुलुसको सामुहिक तस्विर
नेपाली कांग्रेस सम्र्पक कार्यालय उद्घाटन समारोह नेपालगंज उपमहानगरपालिका वडा नं.५मा सहभागि हुन पुगेका महिला नेतृहरुको तस्विरको एक झलक
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here