बाँके–नेपाली कांगे्रसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानिय तहको निर्वाचनको तयारीमा जुट्न आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेको छन । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ को कांगे्रस वडा कार्यालयको उद्घाटन गर्ने क्रममा नेता राठौरले जेठमा हुने स्थानिय तहको निर्वाचनमा पार्टिलाीई विजय गराउन टोलटोलमा काग्रेसी कार्यकर्ताहरु लाग्नु पर्ने बताए ।
१४ औं महाधिवेशनबाट नेपाली कांगे्रसको विधानमा टोल कार्यसमिति गठन गर्ने प्रावधान राखिएको बताउँदै सहमहामन्त्री राठौरले टोलटोलमा धमाधम कार्यसमिति गठन गर्दै पार्टीका एजेण्डाहरु लैजानु पर्ने बताए ।वडामा नेपाली कांगे्रसको कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्दे सहमहामन्त्री राठौरले ६ नम्बर वडा आफ्नो वडा पनि भएका हुदाँ नेपाली कांग्रेसको संगठन अझै मझबुत होस भन्ने चाहेको बताए । सहमहामन्त्री राठौर कांग्रेसले नै देशको विकास गरेको बताउँदै भने,“देशमा जति पनि विकास भएको छ ,त्यो नेपाली कांग्रेसले गरेको हो । पुर्व पार्टि सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोइरालाले यही क्षेत्रबाट चुनाव जिते पछि यहाँका बाटाहरु बने यो सबै कांग्रेसको देन हो ”।
कार्यालय उद्घाटन कार्यक्रममा पुगेको नेपाली कांगे्रस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले टोल टोलमा कांगे्रसको संगठन बनाउन लागे मात्रै कांगे्रसले जनताका मनभावलाई बुझ्न सक्ने बताए ।कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता ,नगर सभापति प्रशान्त विष्ट बोलेका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु राजकुमार बर्मा, माया पुन, प्रदेश २ ख का सभापति जितेन्द्र हमाल लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । वडा सभापति जमालुद्दिन वागवानको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल बाँकेका उपाध्यक्ष मनिषराज रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दिलिप रेग्मीले गरेका थिए ।