spot_img
Thursday, September 19, 2024
Homeब्यानरनिर्वाचनका लागि निर्वाचन सामाग्री हस्तान्तरण

निर्वाचनका लागि निर्वाचन सामाग्री हस्तान्तरण

spot_img

आइतबार बाँकेमा सम्पन्न हुन लागेको नेपाली कांग्रेसको १४ औ महाधिवेशन वडा तहको निर्वाचनको लागि निर्वाचन सामाग्री हस्तान्तरण गरीएको छ ।बाँकेका ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृत निर्वाचन सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि राखिएको अभिमुखिकरण कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको निर्वाचन अधिकृत एवंम वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । अभिमुखिकरण कार्यक्रमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए ।निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुनेछन् । बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिमका अनुसार कात्तिक २८ गते वडा ,मंसिर १ गते गाउँपालिका÷नगरपालिका,मंसिर ४ गते प्रदेश सभा,मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने निर्वाचन परिचालन समितिका सदस्य एवं डिएलए बाँकेका अध्यक्ष इश्वरी प्रसाद ज्ञवालीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here