spot_img
Friday, October 18, 2024
Homeब्यानरनिर्मला र तिनका २ नाबालकको शंकास्पद मृत्यु घटनाः जग्गा माफियाहरुद्वारा अदालतलाई समेत...

निर्मला र तिनका २ नाबालकको शंकास्पद मृत्यु घटनाः जग्गा माफियाहरुद्वारा अदालतलाई समेत गुमराहमा पारेर ५० करोड बढीको जमिन हडपेको खुलासा

spot_img

बाँके नेपालगञ्जको रुबी खान समूहले समेत उठाएको नेपालगञ्जको परसपुर स्थित निर्मला कुर्मि, तिनका २ जना नाबालक छोराहरुको शंकास्पद मृत्यु घटना र तिनिहरुको करीब ५० करोड बराबरको अचल सम्पती जग्गाको माफिया गिरोहले लिएको घटना अध्ययनको क्रममा पाईएको छ ।
घटनामा जिल्ला प्रशासन कार्यालय बांकेका ततकालिन केही कर्मचारी, मालपोत कार्यालय बांकेका केही भ्रष्ट कर्मचारीहरु र न्यायलयलाई समेत गुमराहमा पारेर बांकेमा जग्गाको माफिया डनको रुपमा परिचित नेपाल प्रहरीको पूर्व भगौडा हबल्दार तथा रुबी खान समूहले बिपक्षी बनाइएका रमेश थापा लगायतको ग्यांगहरुको संलग्नता रहेको कागजातहरुले देखाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १७ ततकालिन परसपुर गाबिस वाड नम्बर ९ कि निर्मला कुर्मिको श्रीमानको २०६२ सालमा मृत्यू भएपछी २ छोराहरुसंगै बस्दै आएकी थिइन ।
# निर्मलाका २ जना छोराहरु पनि बिक्रम सम्वत २०६६ सालमा २ हप्ता भित्र २ जना नाबालक बच्चाहरुको शंकास्पद तरिकाले एक्कासी स्वास्थ्यमा समस्या देखिएकाले उपचारको लागि नेपालगञ्ज स्थित मेडिकल कलेजको नसिंग होममा लगिएकोमा अस्पतालले मुत्यू भएको घोषणा गरेको थियो ।#
श्रीमानको मृत्यू पश्यात एकल महिला २ छोराहरुको सहारामा जिवन गुजरा चलाईरहेकोमा छोराहरुको पनि शंकास्पद तरिकाले २ हप्ता भित्र लगातार मुत्यू भए पश्यात अवला एकल महिला निर्मलाको जिवनमा ठुलो बज्रपात भएको देखिन्छ ।
उक्त बज्रपात पछी पिडामा रहेको समयमा एकल निर्मला कुर्मिको छिमेकी ततकालिन नेपाली कांग्रेसको तर्फबाट समानुपातीक संबिधान सभा सदस्य बादशाह कुर्मिले निर्मलाको श्रीमानको नाममा रहेको नेपालगञ्जको भृकुटीनगर परसपुर रोडमा महगो मुल्य रहेको ४ बिघा १० कटठा र घरबास मिनाहको २ कटठा जग्गा  हडप्ने उदेश्यले निर्मलाको उक्त जग्गाको सम्पूर्ण कागजात जबरजस्ती खोसेर लगेका थिए ।
बादशाह कुर्मिले शक्तीको दुरुपयोग गरेर गलत हरकत गरेको भन्दै उक्त हरकतको स्थानिय बासीहरुले समेत   बिरोध गरेपछी बादशाह कुर्मिेले निर्मलाको उक्त जग्गाको सम्पूर्ण कागजात २०६६ सालमा नै जिल्ला प्रशासन कार्यालय बांकेमा बुझाएका थिए ।
निर्मलालाई डर/त्रास देखाएर भएपनी उक्त जग्गा लिन्छन  भन्ने लागेको कारण निर्मला केही समय नेपालगञ्ज स्थित साथी संस्थाको सेल्टरमा बस्न बाध्य पारिएको घटना अध्ययनको क्रममा पाइएको छ ।
धनका साथै जिवन पनि असुरक्षा महसुस गरि निर्मला छिमेकी अवला नारि माथी नराम्रो  ब्यवहार गदै आएका भनिएका बादशाह कुर्मिको ब्यापक बिरोध भएपछी बादशाह ति सबै घटनाबार पछी हटेको देखिन्छ ।
निर्मलाको श्रीमानको मुत्यू पश्यात निर्मला नेपालबाट भारतमा रहेका आफन्तहरुकोमा जाने क्रममा केही समय निर्मला उतै बसेको समयमा परसपुर कै निजाम इद्रिसीले निर्मलाको जग्गा स्वर्गिय श्रीमानको नाममा रहेकोले बादशाह कुर्मिहरुले जालझेल, प्रपञ्च गरेर खानसक्ने सम्भावना रहेको र लालपुर्जा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाएकाले जग्गा सरकारको नाममा जाने निर्मलालाई डर/ त्रास देखाएपछी स्वर्गिय श्रीमानको नाममा रहेको जग्गा निर्मलाको नाममा गराउन करीब १० लाख खर्च लाग्ने भएकाले उक्त रकम आफुले खोजीदिने भन्दै रु १० लाख पहिलो पटक र दोस्रो पटक १५ लाख गरि २५ लाखको ऋण निर्मलाको नाममा निजाम मार्फत खोजीदिएको कागजात बनाएको देखिन्छ ।

निर्मला कुर्मिबाट पार्वती बिष्टले जग्गा लिएको देखाईसकेपछी बिष्टको नामबाट रमेश थापाको श्रीमती रत्नदेबी थापाको नाममा लग्न रत्नादेबीले पार्वती बिष्टलाई तमसुकमा पैसा लगेको देखाएर अदालत मार्फत भराईदिएको प्रमाण गराउन जग्गाको जग्गाधनी प्रमाणपुर्जा जुन मालपोत कै केही लोभीपापी कर्मचारीहरु खजुरा रोड स्थित रमेश थापाको प्लाइए उड प्याक्टीमा आफै गएर पास गरेको प्रराम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

उक्त रकमको पैसा बर्दियाको धधवार गाबिस वडानम्बर ४ स्थायी ठेगाना भई नेपालगञ्ज परसपुर बस्ने स्रह बहादुर बिष्टको श्रीमती पार्बती बिष्टको नामबाट लिएको रकम नतिरेको कागजात पनि बनाएको देखिन्छ ।
निर्मलालाई स्वर्गिय श्रीमानको नामबाट जग्गा नामसारी गराउन भारतबाट नेपालमा बोलाएर करिब १ महिना नेपालगञ्ज खजुरारोडमा रहेको रमेश थापाको प्लाइ उड फयाक्ट्रीमा नियन्त्रणमा राखेको अनुसन्धानको क्रममा पाईएको छ ।
निर्मलाले भारतमा दोस्रो बिवाह गरेको र निज श्रीमानसगै नेपाल आएको समयमा दुबैजनालाई नियन्त्रणमा लिएर रमेश थापाको प्लाई उड फयाक्ट्रीमा नै मालपोत कार्यालय बांकेका केही भ्रष्ट कर्मचारीहरु पुगेर निर्मलाको नाममा जग्गा पास कायम गरेको बिभिन्न स्रोहरुको बयानबाट खुल्न आएको छ ।
निर्मला कुर्मिको नाममा जग्गा आएपछी निर्मलाको नाममा रहेको जग्गा विभिन्न जालझेल षडयन्त्र प्रपञ्च गरेर  बिक्रम सम्वत २०६९ साल भदौ ७ गते बर्दिया धधवार वडानम्बर ४ स्थायी घर भई नेपालगञ्ज परसपुर बस्ने पार्वती विष्टको नाममा उक्त जग्गा पास गराएको देखिन्छ ।

निर्मला कुर्मिबाट पार्वती बिष्टको नाममा लगिएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा जुन मालपोत कै केही लोभीपापी कर्मचारीहरु खजुरा रोड स्थित रमेश थापाको प्लाइए उड प्याक्टीमा आफै गएर पास गरेको बयानको क्रममा खुलेको छ ।

जिल्ला प्रशासन कार्यलय बांकेमा राखिएको निर्मलाको स्वर्गिय श्रीमानको जग्गा धनी लालपुर्जा निकाल्ने देखी मालपोतका कर्मचारी आफै रमेश थापाको प्लाई उड फयाक्ट्रीमा गएर एउटा गिरोहको रुपमा सक्रिय रहेर मिलेमतो गरि नामसारी देखी बिभिन्न कागजात सुनियोजित तरिकाले कागजात मिलाएर जग्गा पास गराएको देखिन्छ ।
निर्मलाको दोस्रो बिवाह गरेकाले हनिमुनको लागी भारतको गया तर्फ घुम्न जाउ भन्दै नगद ५० हजार रुपैया दिएर पठाएको हाल नेपाल प्रहरीको सम्पर्कमा आएका निर्मलाका हालका श्रीमानले प्रहरी समक्ष जानकारी दिएको स्रोतले बताएको छ ।
निर्मलाको नामको सबै जग्गा पार्वती बिष्टको नाममा आईसकेपछी पार्वती बिष्टले रमेश थापाको श्रीमती रत्ना कुमारी थापाबाट पटक–पटक ठुलो रकम तमसुक गरि लगेको र उक्त तमसुक बमोजिमको रकम नतिरेकोले उक्त बिगो बमोजिमको रकम असुल उपर गराउन परेको मुद्धामा जिल्ला अदालत बांकेले २०७३ साल भदौ २० गते फैसला गरेको देखिन्छ ।
उक्त फैसलालाई आधार मानेर निर्मला कुर्मिको नामबाट पार्वती बिष्टको नाममा सारिएको देखाईएको उक्त जग्गाको अदालत बाटै न्यूनतम पञ्कृत मुल्यांकणको आधारमा बिभिन्न ११ कित्तामा रहेको नेपालगञ्जको परसपुर रोडमा रहेको ४ बिघा १० कटठा जग्गा ९७ लाख १३ हजारमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।
यसरी बिभिन्न ब्यक्तीहरुको खुराफांती र जालझेलको प्रपञ्चको बाटो हुदै निर्मला कुर्मिको स्वर्गिय श्रीमानको नाममा रहेको जग्गा पार्वती बिष्ट हुदै रमेश कुमार थापाको श्रीमती रत्न देबी थापाको नाममा पुगेको छ ।

निर्मला कुर्मिबाट पार्वती बिष्टले जग्गा लिएको देखाईसकेपछी बिष्टको नामबाट रमेश थापाको श्रीमती रत्नदेबी थापाको नाममा लग्न रत्नादेबीले पार्वती बिष्टलाई तमसुकमा पैसा लगेको देखाएर अदालत मार्फत भराईदिएको प्रमाण गराउन जग्गाको जग्गाधनी प्रमाणपुर्जा जुन मालपोत कै केही लोभीपापी कर्मचारीहरु खजुरा रोड स्थित रमेश थापाको प्लाइए उड प्याक्टीमा आफै गएर पास गरेको प्रराम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

उक्त जग्गा रत्न देबी थापा बाट तमसुक गराएर पैसा लगेको र पैसा फिर्ता गर्न नसकेपछ पार्वती बिष्टलाई मुद्धा हालेर अदालतबाट हराएर तमसुक बमोजिमको बिगो र ब्याज जोडेर जग्गालाई पुन लिलामीमा चडाएर लिलामीमा रमेश कुमार थापाको श्रीमती रत्न देबी थापा को नाममा ब कवोल गराएर  उक्त ११ कित्तामा रहेको साढे ४ बिघा जग्गा रत्न देबी थापाको नाममा दाखा गरेको देखिन्छ ।
यति लामो सुनियोजित जालझेलका लागि जिल्ला अदालत बांकेलाई पनि गुमराहमा पारेको देखिन्छ । निर्मला कुर्मिको जग्गा खान मतियार बनेका मालपोत कार्यालय बांकेका ततकालिन केही कर्मचारीहरु, निर्मलाको जग्गा हडप्नका लागि भईरहेको बवालका बीच जिल्ला पशासन कार्यालय बांकेबाट जग्गाधनी पुर्जा हस्तान्तरण गर्ने ब्यक्तीहरु र जग्गाको लागि सारा प्रपञ्च रचेर अन्तीममा सुरक्षित अवतरण गरेर आफनो श्रीमतीको नाममा जग्गा बनाउन सफल ठान्ने रमेश थापा लगायतको गिरोहको नेपाल प्रहरीको एक उच्च स्तरिय सिआईबीको टोली गठन गरि घटनाका पात्रहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने देखिन्छ ।
निर्मला कुर्मिको भारतमा हत्या गरि निर्मलाको सम्पती आफनो नाममा गरेको भनी नेपालगञ्ज परसपुर स्थित महिला अधिकार मञ्चका केन्द्रिय सदस्य मन कुमारी गुरताल समेतको जाहेरीले मिति २०७७ साल फागुन १३ गते चलानी नम्बर ३३ बाट जिल्ला सरकारी वकीलको कार्यालयको पत्र बमोजिम जिल्ला प्रहरी कार्यालय बांकेले २०७७ साल चैत्र २० गते मुद्धा नम्बर ३३४ बमोजिम दर्ता गरेको छ ।
उक्त घटनामा निर्मलाको नाममा रहेको सम्पतीका लागि निर्मलाको हत्या भएको भन्दै कर्तब्य ज्यान अन्तरगतको  दवाव मुलक तरिकाले मुद्दा दर्ता गरेको भएपनि निर्मलाको भारतमा दोस्रो बिवाह गरेको र केही समय पहिला कालगतिले मरेको भारतमा मुत्यू दर्ता प्रमाण पत्र भएको भन्दै केही ब्यक्ती बांके प्रहरीको सम्पर्कमा आएको बांके प्रहरीको कानुनी सहायता केन्द्र स्रोतले जनाएको छ ।
निर्मला कुर्मिको घटनाका सम्वन्धमा बांके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार निर्मला कुर्मिको मुद्दामा बाँके प्रहरी केही समय देखी  सूक्ष्म तरिकाले अनुसन्धान गर्दै जांदा बिषय बस्तु गहिरो बन्दै गएको र समाजका केही लोभी/ पापीहरु संगठित रुपमा जालझेल अनेक तिकडम गरेर निर्मलाको सम्पती हडप्ने मनसायमा लागेको प्ररारम्भी अनुसन्धानबाट देखिन्छ भने निर्मलाको मृत्यू भारतमा केही समय पहिल्य कालगतीले भएको प्रमाणहरु फेला परेकोले यस केसलाई नेपाल प्रहरीको छुटटै टोली गठन गर्नुपर्ने महसुस भएको बताउनु भएको छ ।
स्रोतःहाम्रो संरचना डटकम,असौज १९

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here