spot_img
Monday, September 16, 2024
Homeब्यानरनियन्त्रणमा लिएको सुनसहित व्यक्ति राजस्व अनुसन्धानमा

नियन्त्रणमा लिएको सुनसहित व्यक्ति राजस्व अनुसन्धानमा

spot_img

बाँकेको नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको सुनसहित पक्राउ परेका व्यक्तिलाई बाँके प्रहरीले राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले पक्राउ परेका दुबैजनालाई शनिबार दिउँसो राजस्व अनुसन्धानमा पठाएको बताउँनु भयो । अब उक्त प्रकरणबारे राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नै अनुसन्धान गर्ने उहाँले बताउनु भयो । शुक्रबार काठमाण्डौबाट श्री एयरको विमानबाट आएका अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीको जुत्ता र झोलाबाट गरी ४ किलो सुनको बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।तर उक्त सुन वैद्य हो वा होइन भन्ने बारेमा प्रहरी यकिन हुन नसकेपछि अनेक प्रश्नहरु उब्जिएका छन् । उक्त सुन काठमाडांै विमानस्थलबाट कसरी जहाजमार्फत नेपालगञ्ज पुग्यो भन्ने प्रश्न यतीबेला उठेको छ । अर्कोतिर पक्राउ परेका व्यक्ति र सुनचाँदी व्यवसायी संघ नेपालगन्जले उक्त सुन वैद्य रहेको भन्दै खरिद गरेको बिलसमेत देखाएका छन् । प्रहरीले भने जुत्तामा लुकाएर ल्याएको शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाइएको बताएको छ । सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले सो सुन नेपालगञ्जस्थित नेपाल ज्वेलर्स, नेपाल आभूषण भण्डार र सन्जित ज्वेलर्सको नाममा खरिद गरिएको बताउनु भएको छ । तर विश्वकर्मा र खातीले काठमाडांैको मैतीदेवीमा रहेको बुद्ध ज्वेलरी वर्कशप प्रालिबाट खरिद गरिएको बिल देखाएपछि प्रहरीले थप अनुसन्धानका लागि राजस्वमा बुझाएको जनाएको छ ।नेपाल ज्वेलर्स र नेपाल आभुषण भण्डारको नाममा रहेको दुई दुई बिस्कुट सुनको बिलमा भदौ १७ गतेको मिति रहेको छ भने सन्जित ज्वेलर्सको नाममा रहेको १६ गते खरिद गरेको मितीको दुई वटा बिलमा एक एक पिस बिस्कुट उल्लेख गरिएको छ । अढाई तोलाको तयारी गहना बिल भने १८ गतेको मितिमा बुद्धिमान खातीको नाममा काटिएको पाइएको छ ।व्यवसायीहरुले सुन राष्ट्रि बैक वा राष्ट् बैंकले तोकेको बैंकबाट मात्रै खरिद गर्न पाउँछन् । त्यस्तोसुनमा बैंकले कोड लगाएको हुन्छ । तर बरामद सुनको उक्त कोड रहेको छैन ।बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी जुत्तामा सुन लुकाएर ल्याउनु पर्ने कारणको खोजी गरिरहेको जनाउँदै सो पत्ता लागेमा उक्त घट्नाको रहस्य खुल्ने बताउँनु हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here