spot_img
Monday, September 23, 2024
Homeब्यानरनिमार्णधिन योजनाहरुको पालिकाद्धारा अनुगमन

निमार्णधिन योजनाहरुको पालिकाद्धारा अनुगमन

spot_img

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको प्रत्येक्ष अनुगमन गरिरहेको पाइएको छ ।गाउँपालिकाद्धारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाले बताएको छ ।गाउँपालिकाका अनुसार सबै भन्दा ठुला योजना गाउँपालिकाको प्रशासनिक भवन,झुलुङगे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारहरुको अनुगमन गरिएको हो ।
आर्थिक वर्ष २०७८÷०७९ का योजनाहरु अहिले निमार्ण भैरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताएका छन ।यसैगरी गाउँपालिकाका ठुला साना सबै योजनाहरु निमार्ण भैरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताईन । उनका अनुसार पालिका–४मा डुडुवा नालामा निमार्णधिन झोलुङगे पुल,गाउँपालिका भवनको अनुगमन गरिएका हो ।पालिकाको भवन निमार्ण कार्य ९० प्रतिशत कार्य पुरा भएको बताउँदै गाउँपालिकाले अनुगमनमा विकास निमार्णको गुणस्तरीयता र समयमा सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराएको थियो ।आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाँकी रहदा अहिले निमार्ण कार्य तिव्र भएको छ । अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो,प्रमुख प्रशासकिय अधिकृत उपाध्याय ,प्राविधिक प्रमुख प्रकाश थापा,योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री लगायको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here