spot_img
Sunday, September 22, 2024
Homeब्यानरनिति तथा कार्य निर्देशिका नबन्दा सुनचाँदी व्यवसाय अस्तव्यस्त

निति तथा कार्य निर्देशिका नबन्दा सुनचाँदी व्यवसाय अस्तव्यस्त

spot_img

मधु पौडेल
मुलुकको अर्थतन्त्रमा खास टेवा पुर्वाउने सुनचाँदी व्यवसाय पछिल्लो समय अस्तव्यस्त बन्न पुगेको छ । देशलाई आर्थिक रुपमा टेवा पु¥याएता पनि सुनचाँदी व्यवसायीका लागि खास प्रकारका निति तथा निर्देशिका बन्न नसक्दा यो व्यवसाय अस्तव्यस्त बन्न पुगेको हो ।पछिल्लो समय आममानिसमा आवश्यकता एवं विलासिताको वस्तुका रुपमा प्रयोग गरीदै आएको सुनचाँदी व्यवसाय खस्कदो अवस्थामा रहेको छ ।धार्मिक देखि विभिन्न अवसरमा महत्वका साथ प्रयोगमा आउने सुनचाँदीको व्यवसायले देशलाई आर्थिक रुपमा विषेश टेवा पु¥याएको पाइन्छ । सुनचाँदीको व्यवसायबाट देशले बार्षिक करिब १० अर्ब रुपैयाबाराबरको राजस्व संकलन गर्ने गर्दछ । मुलकमा बार्षिक रुपमा ६० देखि ७० अर्ब रुपैयाबराबारको सुनको कारोबार हुदै गर्दा नेपालका सुनचाँदी व्यवसायको लागि आवश्यक पर्ने निती तथा कार्य निर्देशिका बन्न सकेको छैन । नेपाल सरकारले अरु केही गर्न नसके पनि सुनचाँदी व्यवसायी लागि निति तथा कार्य निर्देशका निमार्ण गरी लागु गर्ने अवस्था आएमा सुनचाँदी व्यवसायीलाई अझै सफलताका साथ अगाडी बढाउन सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन । अध्यक्ष शाक्यले भने,“हामीलाई अरु केही चाहिदैन मात्रै निति तथा कार्य निर्देशिक भए व्यवसाय राम्रोसँग संचालन गर्न न सक्छौ ।”बजारमा सुनको माग दिनप्रतिदिन बढ्दै गए पनि सोही अनुपातमा आपुर्ति बढ्न सकेको छैन । यसैगरी राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउने सहयोग गरी रहेको सुनचाँदी व्यवसायले सरकारलाई राम्रो सहयोग गरी रहेका पाइन्छ ।यसरी आर्थिक रुपमा टेवा पु¥याउँदै आईरहेको व्यवसायलाई स्थानिय सरकारको समेत साथ रहने नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विस्ट बताउँछन । मेयर विष्ट भन्छन,“सुनचाँदी व्यवसायीसँग मिलेर उपमहानगरपालिकाले काम गर्छ,व्यवसायीले विभिन्न क्रियाकलापहरुको आयोजना गर्न सक्छ,हाम्रो साथ कहाँ तिर पर्छ,हामी तयार छौ ।”

असार १८ शनिबार सम्पन्न नेपालगंज सुनचाँदी व्यवसायी संघ (बाँके)को छैठो साधारण सभाको दृश्य

त्यस्तै कोभिडले लथालिङग पारेको सुनचाँदी व्यवसाय केही महिना यता तङ्ग्रीन थालेको भएता पनि व्यवसाय गर्दा स्थानिय प्रशासनले सुनचाँदी व्यवसायी प्रति देखाउने व्यवहारमा परिवर्तन आउनु पर्ने नेपालगंज सुनचाँदी व्यवसायी सघका सदस्य मोहम्मद हासीम अन्सारी बताउँछन । सदस्य अन्सारी भन्छन,“कोभिडको समयमा व्यवसायी निकै गम्भिर अवस्थामा थियो,अहिले केही सुधार आउँदै छ तर स्थानिय प्रशासनले अन्जानमा भएका गतिविधिलाई ठाडो हस्तक्षेप गर्ने गर्दछ ।” सदस्य अन्सारी भन्छन,“व्यवसायीको बारेमा संघसंग समन्वय गरेर काम गरी दिए हामीलाई पनि सहज हुन्छ ।”सुनचाँदी व्यवसायीमा पछिल्लो समय महिला व्यवसायी समेतको आकर्षण बढ्दो छ तर सरकारको व्यवसायी प्रतिको दृष्टिकोणले गर्दा अझै खुलेर सुनचाँदी व्यवसाय गर्न हिचकिचाई रहेको महिला सुनचाँदी व्यवसायी गोपी सिंह बताउँछिन ।व्यवसायी सिंह भन्छिन,“सरकारको सुनचाँदी व्यवसाय प्रतिनिको दृष्टिकोण परिपवर्तन गर्नु पर्छ । साना साना विषयमा हामीलाई त्यसै दुख दिनु हुदैन ।”मुलुकभर २२ हजार बढि सुनचाँदी व्यवसायीहरु रहेको छन ।जनसँख्या बृद्धिसंगै सुनपसलहरु पनि बढि रहेको छ । निर्देशिका नहुदाँ सुनचाँदी बजार अलमलमा रहेको अवस्था छ ।सुनचाँदी व्यवसायमा रहेका विलिङका समस्या,सुनचाँदी खरीद ऐन लगायतका विभिन्न समस्याहरुको समाधानका लागि नेपाल सरकारले सुनचाँदी व्यवसायीहरुको हितमा हुने गरी निती तथा कार्यनिर्देशिका तत्काल निमार्ण गरी लागु गर्नु पर्ने देखिन्छ ।

असार १८ गते शनिबार नेपालगंज सुनचाँदी व्यवसायी संघ (बाँके) को छैठौ साधारण सभामा निःशुल्य स्वाथ्य जाँच हुुदै गरेको दृश्य

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here