spot_img
Sunday, September 8, 2024
Homeब्यानरनागरिक अधिकार मञ्च गठन

नागरिक अधिकार मञ्च गठन

spot_img

मधेश मिडिया मिशन नेपालको मातहतमा नागरिक अधिकार मञ्चको गठन गरिएको छ ।
मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला शाखाको शनिबार बसेको बैठकले मञ्चको अध्यक्षमा रमेशचन्द्र कुमाल, उपाध्यक्षमा सन्तोषकुमार कौशल, सचिव सोनाली वैश्य, कोषाध्यक्ष विजयलाल वैश्यलाई चयन गरेको छ ।
यसैगरी, सदस्यहरुमा क्रमशः सन्तोषकुमार वैश्य, उमेशनाथ मिश्रा, बनि अमीन सल्मानी, आकाश गुप्ता, बाबु गुप्ता, लक्ष्मी गुप्ता, आशा ढकाल, रामरुप साहूलाई चयन गरेको छ ।
बैठकले नागरिक अधिकार मञ्चले नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडा, गाविस, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकामा आफ्नो विभिन्न शाखा, उपशाखा गठन गर्ने समेत निर्णय गरेको छ ।
नागरिक अधिकार मञ्चको सल्लाहकारमा अजयकुमार गुप्ता, सीमा कशौधन, चन्द्रेश्वरराज त्रिपाठी र मनोजकुमार रहेका छन् । बैठकलाई सम्बोधन गर्दै सल्लाहकार अजयकुमार गुप्ताले नागरिक अधिकार मञ्चको दायरा बारे जानकारी गराउँदै सबै नागरिकको हक अधिकारको जानकारी गराउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने र यसबाट मानव अधिकारको संरक्षण र भ्रष्टाचार अनियमितता समाप्त हुने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here