spot_img
Monday, February 17, 2025
Homeकृषिनवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा

नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा

spot_img

महिला उद्यमीका व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबार देखि नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु हुँदैछ । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा हुने प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले जनाएको छ । फागुन ६ देखि १० गते सम्म हुने प्रदर्शनीको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गर्नु हुँदैछ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गर्दै आइरहेको छ ।
गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले बताईन ।उनले भनिन, ‘हरेक वर्ष प्रदर्शनीले महिलाहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको लागि अवसर सृजना गर्ने गरेको छ । प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्छ ।’
प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्ने तयारी भैरहेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् तथा महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले बताईन ।
प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राख्नेहुनेछ । प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिने महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताईन ।
अनुमानित १५ लाख बजेट रहेको प्रदर्शनी नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको हो । नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ ।
नवौं संस्करणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको अध्यक्ष सावित्रा पोखरेल बस्नेतको भनाई रहेको छ । प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिनेछ । जहाँ महिला उद्यमीको सम्भावना र चुनौतिका विषय सरोकारवाला र विज्ञसँग संवाद गरिनेछ । फागनु ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गरिने छ ।
प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवद्र्धन गर्नको लागि स्टलहरु राखिनेछ । नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाएका परिकारहरु बिक्रीको लागि राखिने आयोजकले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520