spot_img
Monday, September 16, 2024
Homeब्यानरनवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस नेता गिरी भने सफलताको कामना

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस नेता गिरी भने सफलताको कामना

spot_img

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका देशभरका सबै जनप्रतिनिधिहरुलाई गिरीले बधाई दिँदै शुभकामना व्यक्त गरेका हुन् । उनले जनआकांक्षा अनुरुप काम गर्दै आफ्नो र पार्टीको छवि माथि उठाउन नवनिर्वाचित जनप्रतिनिधहरुले हरसम्भव पर्यत्न गर्ने विश्वास व्यक्त गरेका छन् । सत्तारुढ दलहरुबीच भएको चुनावी गठबन्धनबाट विजयी अन्य दलका जनप्रतिधिहरुलाई पनि बधाई एवम् शुभकामना दिँदै उनले गठबन्धनको मर्म अनुरुप काम गर्दै विकास, समृद्धि र सुशासन कायम गर्न अबको पाँच बर्ष कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरेका छन् । केन्द्रिय सदस्य गिरीले जनताको आशा र भरोसालाई टुट्न नदिई जनमैत्री व्यवहार प्रदर्शन गर्दै जनसेवकका रुपमा इमान्दारपूर्वक काम गर्न आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here