spot_img
Tuesday, October 22, 2024
Homeब्यानरनवनिर्मित भवनहरू उद्‍घाटन

नवनिर्मित भवनहरू उद्‍घाटन

spot_img

सप्तरी जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास, नागरिक सहायता कक्ष र राजगढ गाउँपालिका(१ स्थित प्रहरी चौकी झुटकीको नवनिर्मित भवनहरूको शुक्रबार उद्‍घाटन भएको छ । उक्त भवनहरूको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले उद्‍घाटन गर्नुभएको हो । नेपाल सरकारको नियमित बजेटबाट निवास एवं प्रहरी चौकी तथा २ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरधामको आर्थिक सहयोगमा नागरिक सहायता कक्षको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा २ नम्बर प्रदेश संघिय प्रहरी ईकाइ कार्यालय जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here