spot_img
Saturday, September 21, 2024
Homeब्यानरनरैनापुरमा शनिबार विजय जुलुस

नरैनापुरमा शनिबार विजय जुलुस

spot_img

बाँके जिल्ला नरैनापुर गाउँपालिकाका नवनिर्वाचित गाउँपाकिला अध्यक्ष र उपाध्यक्ष सहितको सयुक्त टोलीले शनिबार विजय जुलुुस निकालेका छन । जनता समावादी पार्टीका उम्मेदवार नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाह,उपाध्यक्ष जयन्ती श्रीवस्ताव,वडा नं.३ का अध्यक्ष अजय मिश्रा,वडा नं.२का मसुद अहमद शाह लगायतले शनिबार विजय जुलुुस निकालेका हुन ।
नवनिर्वाचित शाह निर्वाचित उप–प्रमुख श्रीवस्तव सहित २ र ३ वडाका जन निर्वाचित अध्यक्ष र सदस्यहरुको टोलि र हजारौं समर्थकसहित जनताको घर दैलोमा पुगेर धन्यबाद ज्ञापन गरेका थिए ।
नरैनापुर गाँउपालिकाका नव निर्वाचित अध्यक्ष शाहले समृद्ध नरैनापुर गाँपालिका बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
गाँउपालिका क्षेत्रभित्रका सबै नागरिकका फरक फरक समस्याहरु छन’, शाहले भन्नुभयो,‘ति समस्याहरु पहिचान गरेर समाधान गर्दै नागरिकका पक्षमा इमान्दारिताका साथ लाग्ने छु । चुनावी मैदानमा होमिदै गर्दा जसपाका उम्मेदवार भएपनि अध्यक्ष भैसकेपछि मलाई भोट दिने नदिने सबै जनता मेरा हुन् । सबैलाई समान दृष्टिकोणबाट जनताको अभिमतलाई सम्मान गर्नेछु ।’ जनप्रतिनिधि पाँच वर्षका लागि आएको स्मरण गराउँदै अध्यक्ष शाहले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्र बढी जनपक्षिय भएर काम गर्नु पर्ने जिकिर गरे ।
महिलाको हकहितको निम्ती जनता समाजबादी पार्टी सधै सचेत रहेकाले गाँउपालिका भित्रका महिला, दलित, पिछडिएको वर्ग र क्षेत्रका नागरिकको मुद्धा कमजोर हुन नदिने बताए । नरैनापुरको २४ विघामा स्थानीय नागरिकहरुले फूलामालाले अभिनन्दन गरे पछि उनले समृद्ध नरैनापुर गाँउपालिका बनाउन सबैसँगको सहकार्य गर्दै भुगोल तथा जनताको अवस्था र आवश्यक्ता अनुसारका योजना बनाएर अघि बढ्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here