spot_img
Thursday, December 26, 2024
Homeबजारनयाँ वर्षको स्वागतमा लोकप्रिय गायक तथा संगीतकार गौतम नेपालगन्जको टेष्टी थकालीमा

नयाँ वर्षको स्वागतमा लोकप्रिय गायक तथा संगीतकार गौतम नेपालगन्जको टेष्टी थकालीमा

spot_img

अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा बाकेको नेपालगंजमा रहेको टेष्टी थकाली भान्साघरमा चर्चित गायक तथा संगीतकार थानेश्वर गौतम आफ्नो प्रस्तुतिका लागि आउने भएको छन। नेपाली गायन क्षेत्रमा राम्रो पहिचान बनाउन सफल गायक तथा संगीकार गौतम पौष १६ गते आफ्नो प्रस्तुति लिएर नयाँ वर्षलाई स्वागत गर्न नेपालगंज आउने भएका हुन । सुर्खेत रोड नेपालगंज वडा नं.१८ मा रहेको टेस्टी थकाली भान्साघरमा स्थानिय परिकारका साथ गायक तथा संगीतकार गौतमलाई स्वागत गर्ने भएको छ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको भान्साघरका संचालक सञ्जीव न्यौपाने बताउँछन ।आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने समेत संगीतकार गौतमको उदेश्य रहेको गायक तथा संगीतकार गौतम बताउँछन । टेष्टी थकाली भान्साघरका मालिक सञ्जीव न्यौपाने भन्छन,“हामीले नयाँ वर्ष २०२४ लाई बिदाई गर्दै नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने अवसरमा हाम्रा पाहुनाहरुलई थप मनोरञ्जन दिन चर्चित गायक थानेश्वर गौतमलाई निम्ता दिएका छौ ।” नेपालगंजको टेष्टी थकाली भान्साघर स्वादिष्ट थकाली परिकारका लागि प्रसिद्ध रहेको छ ।नयाँ वर्षको अवसरमा यहाँ हुने सांगीतिक कार्यक्रममा पाहुनाहरुले मिठो स्थानिय परिवारको स्वाद र संगीतको मजा लिन सक्ने छन ।थानेश्वर गौतम नेपाली संगीत क्षेत्रमा स्थापित कलाकार हुन्, जसका गीतहरूले सधैं दर्शकलाई झुमाउने गरेका छन्। नयाँ वर्षको सुरुआतलाई उत्सवमय बनाउँदै, यस कार्यक्रमले संगीतप्रेमीहरूको लागि थप ऊर्जा र उत्साह प्रदान गर्नेछ।
संगीत र स्वादको यो उत्कृष्ट संगमले नयाँ वर्षको स्वागतलाई अझ विशेष र अविस्मरणीय बनाउन चाहने सबैलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.