spot_img
Friday, September 20, 2024
Homeब्यानरनगर स्वास्थ्य तथा स्वच्छता परियोजना नेपालगंज उपमहानगरपालिकाका पन्ध्रवडामा लागु

नगर स्वास्थ्य तथा स्वच्छता परियोजना नेपालगंज उपमहानगरपालिकाका पन्ध्रवडामा लागु

spot_img

पछिल्लो समय खुला दिसा मुक्त घोषण पछिका सरसफाई कार्यक्रमलाई निरन्तरका दिन बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्ये १५ वटा वडाहरुमा नगर स्वास्थ्य तथा स्वच्छता परियोजना लागु भएको छ । नगरलाई स्वास्थ्य तथा स्वच्त राख्नका लागि खुला दिसा मुक्त कार्यक्रमको निरन्तरता दिदै गेरुवा ग्रामिण जागरण संघ बर्दियाले स्वास्थ्य तथा स्वच्छता कार्यक्रम सुरु गरेको सुपरभाइजर विर शेषले जानकारी दिनु भयो ।आफ्नै घरदैलाको फोहरलाई व्यवस्थापन गर्न नसकिरहेका स्थानियहरुलाई फोहर व्यवस्थापनका साथै वडालाई पुर्ण स्वास्थ्यको अवस्थामा पु¥याउने लक्ष्य लिएको परियोजनाले नेपालगंज उपमहानगरपालिका १५ वटा वडाहरुमा वडा स्तरीय समितिका साथै टोलमा समेत समिति गठन गरी कार्यक्रम सञ्चालन गर्दै आएको हो । यसरी कार्यक्रमको दिगोपना तथा निरन्तरका लागि राम्रो कार्यक्रम भएको हुदाँ वडाको स्वास्थ्य तथा स्वच्छताका लागि कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वडा कार्यालयले ध्यान दिने नेपालगंज उपमहानगरपालिका–१२ का वडाअध्यक्ष बुद्धि सागर सुवेदीले बताउनु भएको छ । अध्यक्ष सुवदीले भन्नु भयो,“स्वास्थ्य र स्वच्छता मानिसको धन हो अतः यस विषयमा सबै संवेदनशील हुनु पर्दछ” । यसैगरी सरसफाई देखि लिएर फोहर उठाउने काम स्थानिय पालिकाले गर्दै आएता पनि स्थानियहरुले पनि आफुहरुलाई स्वास्थ्य राख्नका लागि कम फोहर गर्नुका साथै सहि र उचित स्थानमा फोहर व्यवस्थापन गर्नु पर्ने सोही वडाका वडा सदस्य दिनेशराज पन्त बताउनु हुन्छ ।कसैले पनि स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड गर्न नहुनु भन्दै सोही वडाका वडा सदस्य तरुण बर्जाचार्यले सबैमा स्वास्थ तथा स्वच्छताका बारेमा ध्यान दिनु पर्ने बताउनु भएको छ ।स्वस्थ्य र स्वच्छता परियोजना सञ्चालन रहेको वडाहरुले विभिन्न सुचकहरु पार गर्नु पर्ने लक्ष्य सहित कार्यक्रम संचलान भएकोमा आफुहरुले त्यसलाई व्यवहारमा उर्तानु पर्ने वडा सदस्य चन्दा चिडिमारले बताउनु भयो । यो परियोजना अन्तर्गत नेपालगंज उपमहागरपालिका २,५,६,१२,१३, १४,१५,१६, १७,१८,१९,२० देखि २३ सम्मका वडाहरुमा लागु भएको परियोजनाका सुपरभाइजर शेषले जानकारी दिनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here