spot_img
Tuesday, October 22, 2024
Homeब्यानरनगरलाई बालविवाहमुक्त घोषणा

नगरलाई बालविवाहमुक्त घोषणा

spot_img

बाँके जिल्ला नेपालगञ्ज उप–महानगरपालिकालाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई वालविवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएपछि उप–महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिँदै फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई वालविवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । उनले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।

घोषणामा साथ र सहयोग गर्ने सबैलाई उनले आभार ब्यक्त गरिन् । घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै वालविवाह भएको पाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here