spot_img
Monday, September 23, 2024
Homeब्यानरनक्कली नोट सहित दुई जना पक्राउ

नक्कली नोट सहित दुई जना पक्राउ

spot_img

कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका(३ स्थित सडकमा ती किशोरले चलाएको लु.८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला पारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ । उनीहरू उपर प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here