spot_img
Tuesday, October 22, 2024
Homeब्यानरदुई पटक स्थगित क्यान इन्फोटकको २७औ संस्करण सञ्चालित

दुई पटक स्थगित क्यान इन्फोटकको २७औ संस्करण सञ्चालित

spot_img

क्यान इन्फोटेकको २७औँ संस्करण काठमाडौमा संचालनमा आएको छ । बैशाख ७ गते देखि १२ गते सम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना हुदै आएको आइएमपे क्यान इन्फोटेक २०२२ मेलामा डिजिटल वाले आइएमई पे संचालनमा आएको हो । मेलाको मुख्य प्रायोजकको रुपमा रहेको आइएमई गु्रपद्धारा सञ्चालित डिजितल वालेट संचालनमा आएको हो ।सुचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको २७औ संस्करण यसअघि कोभिड–१९ का कारणले २ पटक सम्म स्थगित गरीएको थियो ।विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनीमा यो पटक काठमाडौमा मात्रै भएको छ ।क्यान महासंघले सुचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा लिएको छ ।ब्राण्डिङ खण्डमा सुचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवं उत्पादनहरुको सहभागिता मेलामा सहभागित रहेको बताइएको छ ।फिन्टेक खण्डमा नेपालमा रहेका बैक तथा वित्तीय एवं सम्बन्धित संस्थाहरुको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरुको रहेको आयोजकले जानकारी दिएको छ ।स्टार्टअप र इनेभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसंग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादित वस्तुहरु र तरीकाको पर्दशनी हुने बताईको छ ।
इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको छ । सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि सम्बन्धि अध्ययन एवम् कार्य गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु यसको उदेश्य भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।
प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने बिश्वास लिइएको छ । साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले सम्वन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामी सबैले महशुस गरेका छौं । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ ।क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी समेतको ब्यबस्था हुने भएको छ । क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू जस्तैः ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुनेछन् । अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरिएको छ । यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here