spot_img
Friday, September 20, 2024
Homeब्यानरदाउरे टोलको जिम्मा स्थानियलाई,फियानद्धारा सवाल हस्तान्तरण

दाउरे टोलको जिम्मा स्थानियलाई,फियानद्धारा सवाल हस्तान्तरण

spot_img


जग्गाको लालपुर्जा,खानेपानी लगायतको समस्याबाट ग्रसित रहेका बैजनाथ गाउँपालिका–६ स्थित दाउरे टोलमा रहेको समस्याको समाधानको बागडोर स्थानिय तहले पाएको छ । विगत ६ वर्ष देखि दाउरे टोलमा रहेका सवालहरुलाई नजिकबाट हेर्दै र सहजीकरण गर्दै आएको खाद्य अधिकार सम्बन्धी काम गर्ने संस्था फियान नेपालले बुधबार एक कार्यक्रम गरी स्थानियलाई हस्तान्तरण गरेको हो ।बैजनाथ गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पुन मगरले फियान नेपालले दाउरेटोलका स्थानियहरुलाई जागरुक बनाएकोमा धन्यावाद लिदै निर्वाचनको अवस्थामा फरक मत राखेता पनि निर्वाचनमा विजय भैसकेपछि कसैलाई राजनिति पक्षपात गर्ने छुट नहुने बताउँदै भने,“दाउरे टोलका स्थानियहरुको मुख्य समस्या भनेको आफु बस्दै आएको जग्गाको लालपुर्जा नहुनु वा नपाउनु हो तर हामीले जग्गाको निस्स्सा वितरण गरी सकेको अवस्था हो ,कतिले पाउनु भएको छैन भने वडा कार्यालयमा आउनु होला ।” स्थानियहरुको सबै भन्दा नजिकको तह भनेको वडा कार्यालय भएको हुदाँ हरेक सुखदुखमा वडा सधैव साथमा रहने बताउँदै भने,“कतिपय अवस्थामा यहाँहरुको सवाललाई सम्बोधन गर्न नसकिरहेको अवस्था हुन सक्छ तर तपाईहरुले वडा कार्यालयका वडा अध्यक्ष लगायतको टिमलाई घच्घचाउने काम गर्न छोड्नु हुदैन ” । वडा अध्यक्ष मगरले जनतासँग सबै अधिकार भएको हुदाँ आफुलाई चित्त नबुझेको खण्डमा वडामा तालालगायर भए पनि आफुहरुलाई जिम्मेवार बनाउन पर्ने बताए ।
यसैगरी खाद्य अधिकार सम्बन्धी काम गर्दै आएको संस्था फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले कुनै पनि संस्थाले बाटो देखाउने काम गर्ने भएको हुदाँ स्थानिय समस्याहरुलाई समस्या गर्ने महत्वपुर्ण पक्ष भनेको स्थानिय तह वा राज्यको निकाय भएको बताउँदै भने,“फियान नेपालले विगत ६ वर्ष देखि काम गर्दै आएको भएता पनि स्थानिय सरकारको नै भुमिका निकै महत्वपुर्ण भएको हुदाँ अहिले हस्तान्तरण गर्न लागिएको हो तर यती भन्दै गर्दा हाम्रो अवको भुमिका नरहने भन्ने चाहि हुदैन ।” यसैगरी दाउरे टोलमा गठन भएको भुमिहिन खाद्य अधिकार समुहका सचिव जंग बहादुर कामीले आफुहरु निकै लाटो भएको अवस्थामा फियान नेपालले चेतना जगाउने काम गरेकामा धन्यवाद दिदै भने,“हामीलाई अहिले आएर थाहा भयो कि आफ्नो लागि आफै लड्नु पर्ने रहेछ ,अहिले वल्ल आएर सरकारले जग्गाको निस्सा वितरण गरेको छ,लालपुर्जा कहिले पाउने अझै थाहा छैन ।” घास,वास ,कपासको नै समस्या रहेको दाउरे टोलमा शिक्षा,स्वास्थ्य खानेपानी लगायतको समस्या अझै समाधान हुन नसकेकोमा समुहका सदस्य प्रमिला विकले भनिन,“विगतमा हामीले दाउरा बेचेर जिवन जिउने गरेको अवस्था हो तर हामीले बुवा आमा,बाजेबजै सम्मको पिढि भएर आउँदा सम्म पनि आफु बसेको जग्गाको लालपुर्जा नपाउँदा निकै दुख लाग्ने गरेको छ ।” देशमा लोकतन्त्रसँग गाउँगाउँमा सिंहदरवार आएको भनेता आफुहरुले त्यसको अनुभव गर्न नपाएको बताउँदै स्थानिय विकले अगाडि भन्छिन,“गाउँमा न त रोजगारको अवसर छ,खान लगाउनलाई नै समस्या भएको छ ,कहा जाने के गर्ने ,सोच्नै गाह्रो अवस्थामा यो टोल रहेको छ ।”
यसैगरी समुहकी सदस्य गंगा विकले स्वागत मन्तव्यको क्रममा फियान नेपालको सहजीकरणले गर्दा चेतनशिल बन्दै आफ्ना समास्याहरु अरुको सामु राख्न सक्ने भएको बताईन । सवाल हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुरेन्द्र थापा, स्थानिय रमा बुढा,खाद्य अधिकार संजाल बैजनाथ गाउँपालिका अध्यक्ष एकता शाह,स्थानिय समाजसेवी चुणमण्ी वली, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम समुहका अध्यक्ष कृष्ण बहादुर रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here