spot_img
Wednesday, February 5, 2025
Homeबजारथारुगाउँमा दैनिक साढे २ लाखको कारोबार,१० दिनमा महोत्सवको कारोबार २ करोड बढि

थारुगाउँमा दैनिक साढे २ लाखको कारोबार,१० दिनमा महोत्सवको कारोबार २ करोड बढि

spot_img

बाँकेको नेपालगंजमा आयोजन गरीएको प्रादेशिक महोत्सव भित्र रहेको थारुगाउँमा दर्शकहरुको भिड लाग्ने गरेको छ ।विभिन्न थारु परिकार सहित गित एवं नृत्यले दर्शकको मन तानिरहेको गाँउले आर्थोपार्जनमा समेत बृद्धि गरेको पाइएको छ । आयोजित प्रादेशिक महोत्सवको थारुगाउँमा रहेको जीवन होटलमा घोंघी र गंगटा खान युवायुवतीहरुको लर्को लाग्ने गरेको संचालक जीवन चौधरी बताउँछन ।संचालक चौधरीको होटलमा दैनिक करिब २५ हजार बढिको आम्दानी भैरहेको छ । संचालक चौधरी भन्छन,‘घोंघीमा बढि क्याल्सियम पाइन्छ भनेर थारु समुदायका उपभोक्ताहरु भन्दा पनि अन्य समुदायका व्यक्तिहरु बढि आउँछन ।’


थारु गाउँ भित्र उपभोक्ताले ढिक्री ,घोंघी,गंगटा र बंगुरको सेकुवा खान धेरै आउने गरेको स्वागत घरकी कोपिला चौधरी बताउँछिन । चौधरी आफुले पनि होटल संचालन गर्दै आएको बताउँदै भन्छिन,‘मैले लम्की,धनगढि ,कोहलपुर ,टिकापुरको महोत्सवमा सहभागी भएकोमा सबैभन्दा बढि आर्थिक मुनाफा नेपालगंज महोत्सवमा भैरहेको छ ।’ उनले दैनिक ३५ हजार रुपैया सम्मको आम्दानी भैरहेको दावी गर्छिन ।जारी प्रादेशिक महोत्सव भित्र रहेको थारु गाउँमा मात्र दैनिक साढे दुई लाख रुपैयाको कारोबार भएको छ ।थारु गाउँमा ८ वटा थारुका होटलहरु रहेका छन । थारु गाउँका संचालक मंगल थारुका अनुसार हरेक दिन एउटा होटलले कम्तीमा पनि औसत ३० हजार रुपैयाको दरले कारोबार गरीरहेको छ । थारु गाउँमा हरेक दिन ३० वटा जति थारु कलाकारबाट सास्कृति नृत्य प्रस्तुत गर्दै आइरहेको आयोजक बताउँछन ।
महोत्सवमा दैनिक औसत २१ लाख रुपैया बराबरको कारोबार भरहेको तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकाल बताउँछन । १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपैया बराबरको कारोबार भएको ढकालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521