spot_img
Friday, September 20, 2024
Homeब्यानरथप कारवाहीका लागि काठमाडौ लगियो

थप कारवाहीका लागि काठमाडौ लगियो

spot_img

गत भदौ १८ गते शुक्रबार नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धान र कार्वाहीका लागि २ हप्ता पछि बिहिवार साँझ काठमाण्डौं लगिएको छ ।
सुन तस्करी घटनामा पक्राउ परेका पूर्वी नेपालमा पर्ने मोरङ्ग जिल्लाको ततकालिन लेटाङ्ग गाविस वडा नम्बर २ का बर्ष २८ को बुद्दिमान खाती र झापा खुदुनावारी गाविस वडा नम्बर ६ का अमिर लगुन (वि.क) लाई कोहलपुर स्थित राजश्वको नियन्त्रणमा रहेकोमा विहिबार काठमाडौं लगिएको हो।
काठमाडौं लगिएका ब्यक्तीहरुलाई बाँके प्रहरीले राँझा एयरपोर्टबाट ‘सुन सहित २ जना ‘ राजश्व सँग सम्बन्धीत भन्दै बाँके प्रहरीले बृस्तृत अध्ययन अनुसन्धान र कार्बाहीका लागि कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो।
सुन तस्करी घटना काठमाडौं –नेपालगञ्ज सिधा कनेक्सन देखिएकाले काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्सबाट त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलको अति सम्वेदनशिल सुरक्षा चेक पोष्ट छिचोल्दै नेपालगञ्ज एयरपोर्ट भएर तस्करी गर्ने गरिएको सुन काण्डको काठमाडौँ भ्यालीमा रहेको उपत्यका प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा एक उच्च स्तरीय समिति गठन गरेर छानवीन तथा अनुसन्धान पनि जारी राखेको छ ।
घटनाको अनुसन्धानको क्रममा निरन्तर सुन उपलब्ध गराउने काठमाडौंको मैतिदेवी स्थित बुद्ध ज्वलर्स लगायतले उक्त ठुलो परिमाणको अवैध सुन कहाँवाट कसरी प्राप्त गर्ने गरेको र त्यसले राष्ट्रलाई के–कति हानी नोक्सानी पुर्याएको छ भन्ने विषयमा पनि अनुसन्धानमा टिम लागिरहेको बताइएको छ ।अनुसन्धानको क्रममा तस्करीको सुन काठमाडौंबाट पेलेन मार्फत नेपालगञ्ज तर्फ विगत केही समय देखी ठुलो परिमाणको सुन तस्करी भएको पक्राउ परेका व्यक्तीको प्लेन फलाइट चार्ट रिपोर्ट र बयानको क्रममा खुलीसकेको छ ।
तस्करी मार्फत सुनको काला ब्यापार गर्दै आएको अनुसन्धानको क्रममा खुलेका नेपालगञ्जको त्रिवेणी मोड स्थित नेपाल ज्वलर्सका अनिस जसगढ, सन्जिवको सन्जिव ज्वलर्स र न्यूरोड स्थित जमिल जसगढको न्यू नेपाल ज्वलर्सले काठमाडौंको मैतीदेवी स्थित बुद्ध ज्वलर्स बाट निरन्तर रुपमा अवैध सुन तस्करी मार्फत आयत गरिरहेको अनुसन्धानको क्रममा पाइएको र विगतमा अन्य ब्यक्ती तथा फर्महरुले पनि अवैध सुन खरिद गरेको अनुसन्धान को क्रममा खुलेको छ।
हाल तस्करीको सुनको कारोवार गर्ने उपरोक्त ३ जना फर्मका प्रोपराइटर हरुलाई कोहलपुर स्थित राजश्व ले नियमित लाइन हाजिर तथा बयान लिएको छ ।
स्मरण रहोस नेपालमा सुन खरिद गर्दा नेपाल राष्ट्र वैकले नेपालको ब्यापार घाटा समेतलाई मध्यनजर गर्दै विदेश बाट आयत गर्दछ। उक्त आयत गरिएको सुन नेपालमा सुनको कारोवार गर्ने सूचिकृत वैकहरू मार्फत सम्बन्धीत जिल्लाको आधिकारीक सुन/चाँदी ब्यवसायी संघको सिफारीसमा हप्तामा १ पटक १ केजी ब्यापारीले खरिद गरी उक्त खरिद गरिएको सुन संघका सदस्यहरू लाई विक्री गर्नु पर्ने ब्यवस्था छ ।
बैक मार्फत खरीद गरिएको उक्त सुनको खरिदकर्ताले सम्बन्धीत बैंकलाई फर्म र प्रोपाइटर र फर्म को नाम, विल नम्बर सहित विस्तृत विवरण वुझाएपछी मात्र अर्को पटक उक्त वैकले राष्ट्र बैक मार्फत सुन खरिद गरि ब्यापारीलाई उपलब्ध गराउन सक्ने ब्यवस्था रहेको छ ।
स्रोत हाम्रो संंरचना डटकम

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here