spot_img
Monday, February 24, 2025
Homeशिक्षात्रिवि सुधार्न कठोर निर्णय लिनु पर्छ ः क्याम्पस प्रमुख डा.आचार्य

त्रिवि सुधार्न कठोर निर्णय लिनु पर्छ ः क्याम्पस प्रमुख डा.आचार्य

spot_img

त्रिभुवन विश्वविद्यालयमा सुधार ल्याउन कठोर निर्णय लिन जरुरी रहेको सोमबार बाँकेको महेन्द्र बहुमुखि क्याम्पसमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा.लालमणि आर्चाय ले बताएका छन ।सम्बोधनका क्रममा क्याम्पस प्रमुख डा.आचार्यले भने,“विश्व विद्यालयमा निति र सिद्धान्तका कुरा धेरै हुने तर व्यवहारमा केही नहुने हुदाँ शिक्षण संस्थाहरु राम्रोसँग चल्न सकेको छैनन,यसमा कुनै एउटाको दोष छैन ,यसमा सबैको दोष उत्तिकै छ ।” प्रमुख आचार्यले अगाडि भने,“समाधान भन्दा पनि विश्वविद्यालय लेनदेनमा नै चलेको छ ,स्वय पदाधिकारीहरु नै यसमा लागेको छन ।”यसरी विश्व विद्यालयमा भएको समस्यालाई समाधान गर्नका लागि सबैको भुमिका उत्तिकै हुने क्याम्पस प्रमुख डा.आचार्यले बताए ।

यसैगरी कार्यक्रममा बोल्दै सहायक डिन जयन्तराज कार्कीले आफुहरु सुन्ने मात्रै पदमा भएको हुदाँ निकै समास्य भएको बताउँदै भने,“हामिहरु सुन्ने मात्रै पदमा रहेका छौ,संचालन गर्ने ,अनुमोदन गर्ने लगायका काममा हाम्रो भुमिका निकै महत्वहिन बन्न गएको मैले बुझेको छु ।” सहायक डिन कार्कीले अगाडि भने,“मैले यसो भनिरहदा हामीले केही गर्दे गदैनौ भन्ने होइन,शिक्षण अभ्यासलाई राम्रो बनाउने ,सेमेस्टरको प्रभावकारीता तथा स्नातकमा भर्ना छनौट प्रक्रिया गर्ने भन्ने विषयमा पनि छलफल भैरहेको छ ।”

कार्यक्रममा पुगेको लुम्बिनी प्राविधिक विश्व विद्यालयका रजिस्टार रंग बहादुर भण्डारीले अवका दिनमा त्रिभुवन विश्व विद्यालयले बौद्धिक सम्पत्तिलाई शिक्षासँगै अन्य पक्षमा लगाउनु पर्ने बताउँदै भने,“विश्वविद्यालयले बौद्धिक सम्पत्तिमा लगानी गरेको देखिदैन ,प्राविधिको प्रयोग गरी पेशागत विकासमा ध्यान दिनु पर्ने वर्तमान आवश्यक हो ।” यसैगरी सुर्खेत शिक्षा क्याम्पसका प्रमुख माधव खनाले शिक्षा संकाय तर्फ संचालनमा आएका सेमेस्टरलाई सेमेस्टर जस्तै बनाउन सक्नु पर्ने बताए । प्रमुख खनालले भने,“सेमेस्टरलाई सेमेस्टर जस्तो बनाउन अति आवश्यक छ नभए यसलाई बन्द गरे पनि हुन्छ भन्ने सम्म म गएको छु ।”यसैगरी अभिमुखिकरणका लागि प्रशिक्षकको रुपमा आएका प्रा.डा. जर्नादन घिमिरेले शिक्षा संकायमा हुने गरेको विषयहरुमा विद्यार्थीले राम्रो गर्न सकेमा अन्य विषय तथा फिल्डहरुमा सहज हुने बताए । प्रा.डा. घिमिरेले भने,“विद्यार्थीलाई सृजनात्मक अभ्यास दिनु पर्दछ ,विद्यार्थीले आफुले गर्ने काम गर्नु पर्दछ ,शिक्षकले गर्ने काम ४८ घण्टा हो तर विद्यार्थीले ९६ घण्टा काम गर्नु पर्दछ ,जुन सेमेस्टरको मुल मर्म हो ।” कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति माधव खत्रीले त्रिविका समस्याका बारेमा बोलेका थिए । सभापति खत्रीले भने,“क्याम्पसमा स्नातक तह तर्फको भर्ना व्यवस्थापन गर्नु पर्ने देखिन्छ,साथै विद्यार्थीमा लिइने भाइवा लगायका विषयमा छिमेकी जिल्लाका क्याम्पसहरुलाई ल्याउँदा विद्यार्थीमा आर्थिक भारमा कमी आउने छ ।” सभापति खत्रीले त्रिविले तीन वर्षे विएड कार्यक्रमलाई सुरुवात गर्नु पर्ने सुझाव समेत दिएका थिए । सोमबार दुई दिने अभिमुखीकरण कार्यक्रमा त्रिभुवन विश्व विद्यालयका विभिन्न २२ आंंगिक क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।अभिमुखीकरण शिक्षण अभ्यास विभाग प्रमुख नारायण आर्चाय,मानविकी संकाय सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद शर्मा,अंग्रेजी शिक्षा विभाग विभागीय प्रमुख डा. हरि प्रसाद तिवारी,महेन्द्र बहुमुखी क्याम्पस लेखा अधिकृत रेशमलाल आचार्य,प्रशासकीय प्रमुख कमला शर्मा, लगायतको उपस्थिति रहेको थियो । यसैगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सुचना अधिकार विष्ण केसीले सहजीकरण गरेको कार्यक्रयमा स्वागत मन्तव्य शिक्षा संकायका सहायक क्याम्पसका प्रमुख डा.इन्द्र बहादुर भण्डारीले गरेको थिए भने कार्यक्रम मंगलबार समापन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520