spot_img
Thursday, January 2, 2025
Homeब्यानरतीन दलीय गठबन्धनद्वारा बैजनाथ गाँउपालिका घेराउ

तीन दलीय गठबन्धनद्वारा बैजनाथ गाँउपालिका घेराउ

spot_img

बाँके जिल्लाको् बैजनाथ गाउँपालिकामा कृषकको बालीमा भएको क्षतिको स्थलगत रिपोर्ट सम्बन्धित निकायमा नपाएको भन्दै सोमबार तीन दलले प्रदर्शन गरेको छन ।गाउँपालिकाको परिसर भित्र कृषकका गुनासा सहितका मागहरु राख्दै नेपाली कांगे्रस,नेकपा (माओवादी केन्द्र),नेकपा(एकिकृत समावादी)का नेता तथा कार्यकर्ताहरुको सयुक्त समुहले प्रदर्शन सहित पालिका घेराउ गरेका हुन ।विभिन्न प्रकृति विपदमा स्थानिय कृषकको अन्नबालीमा भएको क्षतिको रिपोर्ट नपाइएको,अव्यवस्थित बसोबास तथा भुमिहिनहरुको लगत संकलन यथासिघ्र सम्बन्धित निकायमा पठाउन लगायतका नौ बुँदे माग सहित बिरोध प्रर्दशन गरेको थिए ।नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देव बहादुर केसीले प्रदर्शन चुनवा अंकित नभई पालिकाले कृषकहरु विरुद्ध गरेका कार्यको विरोध स्वरुप भएको स्पष्ट पारे । उनले भने,यो स्थानिय सरकारले गरिरहेको भुमिहिन तथा अव्यवस्थित सुकुम्बासी लगत संकलन गरियो र बर्षातमा भएको धान क्षतिको तथ्याँक एकिन गरेर पठाउन र संघीय सरकारले राहत वितरणको कार्यविधि बनाएर निर्देशन ग¥यो तर स्थानिय सरकारे तथ्याङक संकलन गरे पनि सम्बन्धित निकायमा पठाउन चाहेन ।”उनका अनुसार नेपाली कांग्रेसले गत माघ २५ गते ६ बुँदे माग सहित पालिकाका अध्यक्ष र उपाध्यक्षलाई हस्तान्त्रण गरेको थियो । त्यस क्रममा गाँउपालिका अध्यक्ष र उपाध्यक्षले आफैले दुई दुई पटक आयोगको अन्लाईन फारम भर्नुपर्ने थियो तर कार्मचारी तथा फोकल पर्शनका कारण पठाउन नसकिएको र अब पिन कोड बन्द भएको जवाफ फर्काएका सभापति केसीले बताएत्यस्तै माघ १४ गते सम्म अन्न बाली क्षति भएको विवरण पठाउन लागि पत्रचार भएको थियो तर कृषि बिकास शाखाका प्रमुखले रिर्पोट लिएर पनि पठाउन नसकेपछि सम्बन्धित कर्मचारीलाई गाँउपालिकाले स्पष्टिकरण सोधेको सभापतिलाई बताएको जनाएका छन ।सभापतिले थप भने, ‘उहाँहरुले ऐनका विषयमा पनि कुनै पनि नयाँ ऐन ल्याउने तयारीमा छैनौं, हामीले पुर्वनिर्धारित तोकिएका दुई वटा ऐन र विधेकहरु पेश गरेका छौं । त्यो बाहेक अन्य कुनै पनि विधेक ल्याउने तयारी नरहेको बताएका थिए ।’उता बैजनाथ गाउँ आर्थिक वर्ष २०७८र७९ को सोमबार दिउँसो १ बजेको समयमा निर्धारण गरिएको नियमित हिउँदे बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित गरिएको गाँउपालिकाले सूचना सार्वजनिक गरेको छ ।यस्तै, माओवादीका गाँउपालिका सभापति जय बहादुर बिकले आफुहरुले बिकास निर्माण, स्थानिय सरकार संचालन, जनतालाई सेवासुविधा लगायतका सवालमा केही बिषय उठान गरेको र सुझाव समेत दिएको बताउदै गाँउपालिकाले त्यसलाई बेवास्ता गरेको बताएका छन । उनले गाँउपालिका बिचौलीको सुझावमा हिडेको आरोप लगाएका छन । जसका कारण यहाँका जनताले सेवासुविधाका सवालमा समस्या भोग्नुपरेको बताएका छन ।पछिल्लो चरणमा कोभिडबाट प्रभावित गरिब तथा अतिविपन्नहरुलाई लक्षित गरेर गरिब बस्तीका लागि प्रति व्यक्ति १० हजार आएको कार्यविधि गायब गरिएको उनको आरोप छ । बैजनाथ गाँउपालिकाको आर्थिक वर्ष २०७७र०७८ को म.ले.पा.बाट देखिएको बेरुजु रकम ७ करोड ४१ लख ४८ हजार रकम कहाँ कहाँ भएको तत्काल सार्वजनिक गर्न उनीहरुको माग रहेको छ ।गाँउपालिकामा बिकास निर्माणका कार्य अगाडी बढेका छन । ठेकेदारले काम सम्पन्न नहुदैँ ठेक्काहरु सम्झौताको अवधि भित्रै पिच रोड भत्किएको प्रदर्शनकारीले बताएका छन ।यता गाँउपालिकाका प्रशास्कीय अधिकृत तप्त आर्चायले माघ २५ गते नेपाली कांग्रेसका तर्फबाट केही माग सहित आफना असन्तुष्टि र स्पष्ट हुने बिषयमा गाँउपालिकालाई ध्यानाकर्षण गराएको थियो ।

सोमबार पुन गठबन्धनको तर्फबाट माग राखेका छन । उनले भने, ‘उहाँहरु आफना माग सहित गाँउपालिका अध्यक्ष संग छलफल गरेर फर्किसकेका थिए । तर उक्त माग कार्यन्वयन भएनन र चुनाव घोषणा भई सकेको बिभिन्न चुनावी प्रभावित कार्यक्रम नल्याउने प्रदर्शनकारीहरुको सुझाव थियो । ’उनले गाँउपालिकाले स्थगित गरेको गाँउसभाको बिषयमा प्रदर्शनका कारण सभा स्थगित नभएको बताए । स्पष्ट रुपमा उनले भने, ‘कर्मचारी सम्बन्धित बिधेयक ल्याउनुपर्ने छ । त्यो बिधेयक अध्ययन गर्न समय चाहिएकोले बिस्तृत रुपमा पालिकाको तर्फबाट सच्याएर ल्याई सके पछि सम्पूणर् सभासदहरुलाई अध्ययन गर्न समय दिनुपर्ने देखिएको हुदाँ तयारी पश्चात मात्र गाँउसभाको अन्तय गर्ने निर्यण गरिएका छ ।’धानबालीको बिषयमा उनले बढी जनसंख्याका कारण कर्मचारीले भ्याउन नसेकोले समयमै तथ्यांक जान नसकेको स्विकार गरे । तर नछुट्ने गरी जिल्ला प्रशासन कार्यालय बाँके संग समन्वय गरेर अगाडी बढिसेको अवस्था रहेको गाँउपालिकाले जनाएको छ ।कोभिडको सन्दर्भमा केही वडाबाट विवरण नआएको अवस्था छ । वडालाई ताकेता गरेर अगाडी बढनुपर्छ र यो हाम्रो जिम्मेवारी भित्र पर्छ जसरी पनि अगाडी बढाउछौं’ आचार्यले भने ।गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीलाई सम्पर्क गर्न खोज्दा आफु पार्टीको कार्यक्रममा ब्यस्त रहेको बताएका छन ।यस्तै गठबन्धन अन्र्तगत नेकपा (एकिकृत समाजवादी) तर्फबाट सम्बोधन नगर्दै कोणसभा गरिएको थियो । तीन दलीयद्वारा आयोजित बिरोध कार्यक्रमका प्रदर्शनकारीहरुले यदी उक्त माग गाँउपालिकाले सम्बोधन नगरे वडास्तरमा समेत चरणबद्ध आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.